प्रमुख स्काउट माननीय युवा तथा खेलकुद मन्त्रीद्धारा स्काउट दीक्षा ग्रहण ।[:]

प्रमुख स्काउट माननीय युवा तथा खेलकुद मन्त्रीद्धारा स्काउट दीक्षा ग्रहण ।[:]

काठमाण्डौ, चैत्र २० । युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर सुनारले स्काउट दीक्षा ग्रहण गर्नुभएको छ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय, लैनचौरमा मंगलबार आयोजित एक समारोहबीच मन्त्रीज्यूले नेपाल स्काउटको प्रमुख स्काउटको दीक्षा लिनुभएको हो । कार्यक्रममा विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुप स्काउट प्रतिज्ञा स्ववाचन गरी मन्त्रीज्यूले दीक्षा ग्रहण गर्नुभएको थियो ।

नेपाल स्काउट ऐन, २०५० बमोजिम नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा युवा तथा खेलकुद मन्त्री रहने व्यवस्था छ । सन् १९०७ मा बेलायती नागरिक लर्ड बेडेन पावेलद्धारा शुरुवात गरिएको यस स्वयंसेवी संस्था विश्वका २०० भन्दा बढी देशमा यसको फैलिएको छ भने विश्वभर ५ करोडको हाराहारीमा सदस्यहरु रहेका छन् ।

दीक्षा ग्रहण पछि प्रमुख स्काउटज्यूले स्काउट जस्तो पवित्र स्वयंसेवी संस्थाको सर्वोपरी हीतका लागि आपूm प्रतिबद्ध रहेको र यसको ऐन कानून बमोजिम थप सबलीकरणमा लाग्ने बताउँदै यस संस्थाको विकास र विस्तार हुँदा युवाहरुको सर्वाङ्गीण विकासमा टेवा पुग्ने भनाई राख्नुभएको थियो । माननीय प्रमुख स्काउटको दीक्षा कार्यक्रममा मन्त्रालयका सचिव महेश दाहाल सहित नेपाल स्काउटका राष्ट्रिय संयोजक चन्दन कौशिक, वर्तमान तदर्थ समितिका पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु एवं वरिष्ठ स्काउटर र कर्मचारीहरु उपस्थित रहनुभएको थियो ।