आ.व. २०७८/७९ को प्रगति

वार्षिक विकास कार्यक्रमको प्रगति अवस्था :

३२ जना स्काउटरहरुलाई Boys Scout एडभान्स तालिम प्रदान ।

स्काउट स्वयंसेवक परिचालन :

२०७८ को पहिलो त्रैमासिकसम्ममा २७,८६६ जना स्काउट स्वयंसेवक परिचालन । कोभिड १९ बिरुद्धको जनचेतना जगाउने अभियानमा २१,३३६, कोभिड विरुद्ध खोपकेन्द्रमा सहजीकरणमा १,४६७, बृक्षारोपण कार्यक्रममा १,०३२, माक्स प्रयोगको जनचेतनामा १६५, विभिन्न मन्दिर तथा टोल सरसफाई अभियानमा ४४०, लैङ्गिक समानता का साथसाथै महिनावारी जनचेतना र अन्त्रकृया कार्यक्रममा १९२, बाल दिवसको अवसरमा ७८०, ट्राफिक प्रहरीसंगको सहकार्यमा सडक ट्राफिक व्यवस्थापनमा ७१७,प्रदेश स्तरिय दीक्षान्त कार्यक्रममा ६६२, भोकालाई भोजन/खाना खुवाउने, र राहात सामाग्री वितरण अभियानमा ८३०, कोभिड संक्रमितको घर निर्मलीकरणमा १६१,शान्ति वातावरण संरक्षणको लागि साईकल यात्रामा ५३, डाक्टरसंग परामर्श कार्यक्रममा ३० र रेस्क्यु फोर्समा १ जना

अन्तराष्ट्रिय दिवसहरुमा स्काउट परिचालन :

अन्तराष्ट्रिय दिवसहरुमा ३,८५० स्काउट परिचालन ।

  • विश्व शान्ति दिवशको अवसरमा काठमाडौ उपत्यकाभित्रका बिभिन्न ६ वटा विश्व सम्पदा सूचीमा सूचीकृत बिभिन्न स्थानहरुबाट शुरु भई काठमाडौ दरबार स्क्वायर बसन्तपुरमा भेला हुने गरी आयोजित Heritage Cycling कार्यक्रममा ६५० जना स्काउट स्वयंसेवकहरुको सहभागिता रहेको ।
  • विश्व शान्ति दिवश कै अवसरमा नेपाल स्काउटद्वारा आयोजित रक्तदान कार्यक्रममा जम्मा २५३ जना स्काउट स्वयंसेवकहरुद्वारा रक्तदान ।
  • विश्व शान्ति दिवश कै अवसरमा नेपाल स्काउटद्वारा आयोजित Peace Dialogue कार्यक्रममा १४४, Peace Rally मा १३८,बृक्षारोपणमा १४४,शान्ति चित्रकला प्रतियोगितामा १३, लैंगिक समानता बिषयक बहस कार्यक्रममा ८, महिनावारी स्वच्छता बिषयक बहस कार्यक्रममा २५, कार्डियोपल्मोनरी पुनरुत्थान प्रशिक्षणमा २२
  • Nepal Scout Helen Storrow Seminar 2021 Pop Up event मा ४० जना सहभागी ।
  • अन्तराष्ट्रिय शान्ति दिवसमा १,२८७, अन्तराष्ट्रिय युवा दिवसमा रक्तदान कार्यक्रममा १,१२६

वार्षिक कार्यक्रम बाहेकका उपलब्धीहरु

  • पूर्ण मास्क अभियान अन्तर्गत काठमाडौको किर्तिपुरमा १५,०००, लुम्बिनी प्रदेशमा ३,००,०००, प्रदेश २ मा ३,००,०००, अनि बिराटनगरमा १,५०,००० गरी जम्मा ५,६५,००० मास्क वितरण ।
  • नेपाल इन्भेष्टमेण्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बार्षिक रुपमा नेपाल स्काउटका १०,००० सदस्यहरुलाई स्काउट पोशाक प्रदान गर्ने सहमति भएको ।  
  • नेपाल स्काउटको सक्रियतामा WAGGGS अन्तर्गत युवा लक्ष्यित Digital Literacy कार्यक्रम Surf Smart 2 – Digital Generation Project अन्तर्गत ४००० पाउण्डको परियोजना सञ्चालन गर्ने गरी सम्झौता सम्पन्न भएको ।
  • Finland Nepal Partnership Project अन्तर्गत युवाहरुमा Combating Hate Speech, Conflict Resolution Skills तथा Skills for Life का क्षेत्रमा काम गर्ने गरी सम्झौताको काम अगाडि बढिरहेको ।
  • नेपाल स्काउटको राष्ट्रिय युवा बिकास नीतिको कार्यान्वयनका लागि Toolkit Orientation कार्यक्रम सम्पन्न ।
  • २०७८ असोज महिनामा कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडा पखाला नियन्त्रणका लागि नेपाल स्काउट, युनिसेफ नेपाल र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा जनचेतनामुलक Sanitation and Hygiene कार्यक्रम सञ्चालन गरिएको । 
  • काठमाडौ उपत्यकाका ६ वटा बिद्यालयहरुमा Wash Session अन्तर्गत हात धुने तरिका सिकाउने कार्य सम्पन्न ।
  • नेपाल स्काउटको सन् २०२० २०२१ को बार्षिक प्रगति प्रतिवेदन प्रकाशित ।
  • नेपाल स्काउटको नयाँ स्टोर भवन र सभा हल निर्माण कार्य अगाडि बढिरहेको ।
  • नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा स्काउट पसल सञ्चालनमा आएको । सातै प्रदेशहरुमा समेत स्काउट पसल सञ्चालनमा ल्याउने तयारी भैरहेको ।
  • नेपाल स्काउट बायज तथा पोशाक निर्देशिका तयार भई लागु गरिएको ।
  • नेपाल स्काउट सदस्यहरुको दर्ताको लागि Online Registration निर्देशिका तयार भई लागु गरिएको ।
  • नेपाल स्काउट निर्वाचन निर्देशिका तयार गरिएको ।
  • नेपाल स्काउट Youth Program Policy तयार गरिएको ।
  • नेपाल स्काउटका पदाधिकारी तथा कर्मचारीहरुको अभिमुखिकरणका अभिमुखिकारण निर्देशिका तयार गरिएको ।
  • १४ औँ विश्व स्काउट युथ फोरम र विश्व स्काउट सम्मेलनमा नेपाल स्काउटका तर्फबाट Virtual रुपमा सहभागिता ।
  • 3L अन्तर्गत २००० पाउण्डको परियोजना सम्झौता भई कार्यक्रम शुरु गर्न लागिएको ।
  • UNICEF Nepal सँगको सहकार्यमा Community Engagement, Environmental Conversation, Mental Health का क्षेत्रमा काम गर्ने गरी सम्झौताको लागि पहल भैरहेको ।