International Day of Peace 2021

International Day of Peace 2021

नेपाल स्काउटले स्काउटिङ्ग शिक्षाका माध्यमबाट बालबालिका तथा युवाहरुलाई जीवनोपयोगी सीप सिकाउनका साथै शान्तिदूत भई विश्वमा शान्तिको सन्देश दिने बिषयमा निरन्तर विविध क्रियाकलापहरु संचालन गर्दै आइरहेको छ।
विश्व स्काउट संगठनको कार्यक्रम अनुसार सेप्टेम्बर २१ तारिखमा पर्ने अन्तर्राष्ट्रिय शान्ति दिवस २०२१ को सन्दर्भमा “Recovering better for an equitable and sustainable world” मूल नाराका साथ मनाउन विभिन्न क्रियाकलापहरु सञ्चालन गर्न गराउन हुन अनुरोध छ । प्रादेशिक र स्थानीय तहमा, स्काउट बालबालिका, MOP Local Coordinators, रोभर/रेन्जर तथा स्काउट लिडरहरु संलग्न भई यसैसाथ संलग्न कार्यक्रम विवरण बमोजिम कार्यक्रमहरु आयोजना गरी मनाउन हुन हार्दिक अनुरोध गरिन्छ।
साथै, विद्यमान कोभिड–१९ को महामारीको नियन्त्रणका लागि सरकारले तय गरेका स्वास्थ्य मापदण्डहरुको पूर्ण परिपालना गर्न र आवश्यक सुरक्षा सर्तकता अपनाउन समेत अनुरोध छ ।
👉 IDP Celebration Guideline: https://bit.ly/3mViKD3
ℹअन्तर्राष्ट्रिय शान्ति दिवस २०२१ मनाउने सन्दर्भमा मूख्य क्रियाकलापहरुः
१) 👉शान्ति भिडियो क्लिप (Peace Video Clip)
२) 👉शान्ति तस्बिर (Peace Picture)
३) 👉शान्तिका लागि रुख (बृक्षारोपण) (Trees for Peace)
४) 👉शान्तिका लागि प्रतिज्ञाहरु (Pledges for Peace)
५) 👉शान्ति टिकटक भिडियो (Peace Tiktok Videos)
६) 👉शान्ति विषयक प्रत्यक्ष अन्तबार्ता वा वेबिनार (Live interview or webinar on Peace)
७) 👉शान्ति संवाद (Dialogue for Peace)
८) 👉शान्ति परेड र र्याली (Peace Parade and Rally