Day 1
नेपाल स्काउट अन्तर्गत सातै प्रदेशका संयोजक ज्यु हरु र कर्मचारीहरुको अभिमुखीकरण तालिम मिति २०७७–१०–१५ गते ककनी अन्तराष्ट्रिय स्काउट केन्द्रमा शुरु भएको छ ।
कार्यक्रमको पहिलो दिन सहभागीहरुको परिचयात्मक कार्यक्रमवाट शुरु भएको Integration कार्यक्रमलाई सकेसम्म सहभागितामुलक र अन्तरक्रियात्मक वनाइएको छ ।
कार्यक्रममा राष्ट्रिय एवं अन्तराष्ट्रिय स्रोत व्यक्तिहरु रुपा गौतम, श्री प्रशन्ना श्रीवास्तभ, विजेन्द्र ध्वजु, देवराज घिमिरेले स्काउट एवं स्काउटिङ अभियानका वारेमा सहभागीहरुलाई प्रशिक्षण दिनु भयो ।
नेपाल स्काउटका निर्देशक श्री राम प्रसाद भट्टराईले नेपाल स्काउट एवं प्रदेश स्काउट कार्यालयहरुले पालना गर्नुपर्ने नीति , नियम ,नियमावलीका वारेमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक श्री लोक बहादुर भण्डारी ज्युले बालवालिका तथा युवाहरुको समग्र विकास मार्फत देशैभरका ७५३ तहसम्म नेपाल स्काउटलाई पु¥याई यसलाई सबैभन्दा ठुलो र व्यवस्थित स्वयमसेवी संस्थाको रुपमा विकाश गर्नुपर्ने निर्देशनात्मक बिचारसहित यसको रोड म्याप प्रस्तुत गर्नु भएको थियो ।
Day 2
नेपाल स्काउट अन्तर्गत सातै प्रदेशका संयोजकज्युहरु र कर्मचारीहरुको अभिमुखीकरण तालिमको दोस्रो दिन आज राष्ट्रिय एवं अन्तराष्ट्रिय स्रोत व्यक्तिहरु श्री राम प्रसाद बिडारी (उप सचिव, युवा तथा खेलकुद मन्त्रालय) श्री एन.जी. अमिङ्, श्री प्रशन्ना श्रीवास्तभ, श्री देवराज घिमिरेले क्रमशः सार्वजनिक प्रशासन, सार्वजनिक खरिद नियमाली, लेखा प्रणाली, कर प्रावधान, बेरुजु, बेरुजुका कारणहरु र यसलाई न्युनिकरण गर्ने उपायहरु, कर्मचारी तथा स्वयंसेवकबीचको सम्बन्ध, संस्थागत सुशासनका बारेमा प्रशिक्षण दिनु भयो ।
कार्यक्रमको दोस्रो सेसनमा सातै प्रदेशका संयोजक ज्यूहरुले आ आप्mना प्रदेशका बार्षिक रोडम्याप प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री राम प्रसाद थपलियाको विषेश उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहमा स्काउटिङ् अभियानलाई विस्तार गर्न शिक्षा, खेलकुद र युवाका क्षेत्रमा काम गर्ने निजामती कर्मचारीहरुसंग समन्वय गरेर अगाडि बढ्न सकिने बताउनु भयो । यसका साथै प्रशासकीय प्रमुख तथा मेयर अनि उपमेयरज्यूहरुसँग समन्वय गर्न सकिने बताउनु भयो ।
सातै प्रदेशका संयोजकज्युहरुका लागि सञ्चालित दुईदिने अभिमुखीकरण तालिमको अन्तिम दिनलाई सम्बोधन गर्दै नेपाल स्काउटका संयोजक श्री लोक बहादुर भण्डारीज्यूले संस्थाको बिकास, विस्तारसँगै यसलाई स्थानीय तहसम्म पु¥याउँदै नेपाल स्काउटलाई युवा तथा बालबालिकाको समग्र बिकासमा केन्द्रित संस्थाको रुपमा प्रमाणित गर्नु पर्ने जिम्मेवारी नयां नेतृत्वको काँधमा आएको र यसलाई निर्वाह गर्न नयां नेतृत्व सक्षम रहेको कुरामा आँफु विश्वस्त रहेको कुरा समेत बताउनु भयो । यसमा स्थानीय तहका सञ्चार माध्यमहरुको सहयोग लिन सकिने पनि बताउनु भयो ।
Day 4
नेपाल स्काउट अन्तर्गत सातै प्रदेशका संयोजकज्यूहरु र कर्मचारीहरुका लागि ककनी अन्तराष्ट्रिय स्काउट केन्द्रमा सञ्चालित अभिमुखीकरण तालिम मिति २०७७।१०।१८ (चौथौँ दिन) मा सम्पन्न भएको छ । तालिमको अन्तिम दिन नेपाल स्काउटका निर्देशक श्री राम प्रसाद भट्टराईले संस्थाको बार्षिक रोडम्याप प्रस्तुत गर्नु भयो भने सोहि रोडम्यापको आधारमा राष्ट्रिय प्रधान कार्यालय एवम् प्रदेश कार्यालयका कर्मचारीहरुले आ आप्mना बार्षिक कार्य योजना तयार पारी प्रस्तुती समेत दिनु भएको थियो ।
तालिम अवधिभर बिभिन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय स्रोत व्यक्तिहरुले क्रमशः कार्यालय सञ्चालन सम्बन्धि नीति नियम, नियमावली, कर्मचारी प्रशासन, सार्वजनिक प्रशासन, सार्वजनिक खरिद नियमाली, लेखा प्रणाली, कर प्रणाली तथा प्रावधान, बेरुजु, बेरुजुका कारणहरु र यसलाई न्युनिकरण गर्ने उपायहरु, कर्मचारी तथा स्वयंसेवकबीचको सम्बन्ध, संस्थागत सुशासन, स्काउट एवं स्काउटिङ अभियानका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री राम प्रसाद थपलियाको विषेश उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहमा स्काउटिङ् अभियानलाई विस्तार गर्न शिक्षा, खेलकुद र युवाका क्षेत्रमा काम गर्ने निजामती कर्मचारीहरुसंग समन्वय गरेर अगाडि बढ्न सकिने बताउनु भयो । यसका साथै सम्बन्धित क्षेत्रका मेयर अनि उपमेयरज्यूहरुसँग समन्वय गर्न सकिने बताउनु भयो ।
नेपाल स्काउटको पुनर्सरचनाका लागि, एशिया प्यासिफिक रिजनका तर्फबाट, लामो समयदेखि परामर्श सेवा प्रदान गर्दै आउनु भएका श्री एन. जी. अमिङ्, श्री प्रशन्ना श्रीवास्तभले, प्रदेश कर्मचारीहरुको सपथसँगै समापन भएको अभिमुखीकरण तालिमलाई जुम मार्फत सम्बोधन गर्नु भएको थियो । नेपाल स्काउटलाई नयाँ उचाई एवम् गति प्रदान गर्ने कुरामा प्रदेश संयोजक एवम् नयां जनशक्तिले महत्वपूर्ण योगदान गर्नेछन् भन्ने आशा आँफुहरुले लिएको बताउनु भयो ।
सोहि अवसरमा बोल्दै नेपाल स्काउटका संयोजक श्री लोक बहादुर भण्डारीज्यूले, नयाँ नेतृत्व अनि कर्मचारीहरुले पुराना स्काउटरहरुको योगदान एवम् ज्ञानको सहि सदुपयोग गर्दै सँस्थागत बिकासको मुल धारमा ल्याउन प्रयत्न गर्नु पर्ने, पूर्ण रुपमा काममा केन्द्रित भई नेपाल स्काउटमा नयाँ ढँगबाट काम भईरहेको छ भन्ने अनुभूती दिलाउन सक्नु पर्ने, आर्थिक एवम् प्रशासनिक स्वच्छता तथा पारदर्शितामा ध्यान दिनु पर्ने निर्देशन दिनु भयो । कार्यक्रममा बोल्दै उहाँले, सँस्थामा नयाँ रक्तसञ्चार गरी नेपाल स्काउटलाई नयाँ जीवन अनि गति प्रदान गर्दै यसलाई देशैभरका ७५३ स्थानीय तहसम्म पु¥याई बालवालिका तथा युवाहरुको समग्र विकासमा केन्द्रित सबैभन्दा ठुलो र व्यवस्थित स्वयमसेवी संस्थाको रुपमा प्रमाणित गर्नु पर्ने जिम्मेवारी नयाँ नेतृत्व एवम् कर्मचारीहरुको काँधमा आएको बताउनु भयो । यसलाई निर्वाह गर्न आवश्यक ज्ञान, सीप, क्षमता यस अभिमुखीकरण तालिमले प्रदान गरेको छ भन्ने विश्वास आँफुले लिएको कुरा उहाँले बताउनु भयो ।