नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा नियमित कार्य प्रारम्भ

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा नियमित कार्य प्रारम्भ

श्री लोकबहादुर भण्डारीज्यूको संयोजकत्वमा रहेको नेपाल स्काउटको राष्ट्रिय तदर्थ समिति खारेज गर्ने गरी नेपाल सरकारबाट मिति २०७८।०६।०७ मा भएको निर्णय उपर सम्मानित सर्वोच्च अदालतबाट मिति २०७८।०८।२१ गते भएको आदेशानुसार श्री लोकबहादुर भण्डारीज्यूको राष्ट्रिय तदर्थ समिति खारेज गर्ने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्ने आदेश प्राप्त भए बमोजिम आज मिति २०७८।०८।२६ गते देखि नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा नियमित कार्य प्रारम्भ गर्नु भएको छ ।