[:en]नवनियुक्त बागमति प्रदेश स्काउट सल्लाहाकार समितिको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह[:]

[:en]नवनियुक्त बागमति प्रदेश स्काउट सल्लाहाकार समितिको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह[:]

[:en]

नवनियुक्त बागमति प्रदेश स्काउट सल्लाहाकार समितिको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह सम्पन्न भएको छ ! नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यालयमा आज आयोजित एक समारोह विच नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीले नवनियुक्त बागमति प्रदेश स्काउट सल्लाहाकार समितिका सदस्यहरूलाई स्काउट दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ गराउनु भएको हो । कार्यक्रममा आफ्नो निर्देशनात्मक मन्तव्य राख्दै राष्ट्रीय संयोजक भण्डारीले अब स्काउटको विकास विस्तारका लागी रोभर रेंजर युवा लाई प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । सरकारले अहिले स्काउट अभियान विस्तारको लागी सहयोग गरिरहेको र हामि स्काउटहरूले यसको अधिकतम सदुपयोग गरी, देशका प्रत्येक बिध्यालय र वालवालिका विच स्काउटको पहुँच पूर्याउन प्रदेश समितिहरूलाई निर्देशन समेत दिनु भयो ।
कार्यक्रममा नेपाल स्काउटका निर्देशक, बागमती प्रदेश स्काउटका संयोजक र सदस्यहरूको उपस्थिति रहेको थियो ।

 [:]