[:en]नेपाल स्काउटको प्रथम ऐतिहासिक रोभर मूटको तयारी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न[:]

[:en]नेपाल स्काउटको प्रथम ऐतिहासिक रोभर मूटको तयारी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न[:]

[:en]नेपाल स्काउटको आयोजनामा पोखरामा २०७६ जेठ १७ देखि २१ गतेसम्म हुन लागेको प्रथम ऐतिहासिक रोभर मूटको तयारी छलफल तथा अन्तरक्रिया बैठक सम्पन्न भएको छ । पोखराका स्थानीय सरोकारवालाहरुसँग भएको उक्त कार्यक्रममा माननीय प्रमुख स्काउट जगत बहादुर सुनार(विश्वकर्मा)ज्यूले युवा तथा खेलकुद मन्त्रालय एवं नेपाल स्काउटको पहिलो रोभर मूट ऐतिहासिक रुपमा यस सुन्दर नगरीमा हुन लागेकोमा पोखरावासीले गर्व गर्ने अवसर हुने बताउँदै यस अवसरलाई भव्यतापूर्वक सफल बनाउन साथ दिनका निम्ति आग्रह गर्नुभयो ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले यस ऐतिहासिक अवसरलाई पोखरामा नैं आयोजना गर्नुको विशेष कारण रहेको प्रष्ट्याउँदै पर्यटकीय नगरीले यस कार्यक्रमलाई सफल बनाउन स्थानीय महानुभाव तथा संघसंस्थाबाट हरप्रकारको सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेश सभा सदस्य माननीय राजीव पहारीले स्काउटको राष्ट्रिय कार्यक्रममा पोखरेलीले हर प्रकारका सहयोग गर्ने र आफू स्वयं प्रत्यक्षरुपमा यसको तयारी गर्न र सफल पार्न सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय संघसंस्था, जनप्रतिनिधी, उद्योग वाणिज्य संघ, पर्यटन परिषद्, होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुका साथै कलेज तथा विद्यालय सञ्चालक एवं सुरक्षा निकायका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । उपस्थित महानुभावहरुले यस कार्यक्रमबाट पयर्टनमा टेवा पुग्ने सम्भावना दर्शाउँदै यस अवसरले पोखराको समग्र परिचयलाई थप फराकिलो बनाउने धारणा व्यक्त गर्नुभएको थियो । यसै अवसरमा उपस्थित युवा जनशक्तिको उपयोग गरी सामुदायिक विकासका केही कार्यहरु गर्न अनुरोध समेत स्थानीय सरोकारवाला व्यक्तित्वहरुबाट आएको थियो ।

कार्यक्रममा श्री रामप्रसाद भट्टराईले स्काउटको परिचय, विश्वव्यापी महत्व र रोभर मूटका सम्बन्धमा प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा स्थानीय महानुभावहरुबाट उठेका प्रश्न तथा अन्य जिज्ञासाहरुको जवाफ राष्ट्रिय तदर्थ समितिका सदस्य श्री शिवबहादुर भण्डारीले दिनुभएको थियो ।

 [:]