[:en]नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषदको बैठक[:]

[:en]नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषदको बैठक[:]

[:en]

नेपाल स्काउटको सर्वोच्च निकाय राष्ट्रिय परिषदको बैठक सम्पन्न भएको छ । नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यालायमा आज सम्पन्न बैठकको अध्यक्षता परिषदका अध्यक्ष एवं प्रमुख स्काउट मा. युवा तथा खेलकुद मन्त्रि दावा तामांगले गर्नुभएको थियो ।
बैठकमा योजना आयोगका माननीय सदस्य मीन बहादुर शाही, नेपाल राष्ट्र बैंकका गभर्नर श्री महाप्रसाद अधिकारी, युवा तथा खेलकूद मन्त्रालयका सचिव श्री रामप्रसाद थपालिया, महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयका सचिव श्री याम कुमारी खतिवडा, नेपाल स्काउट राष्ट्रीय तदर्थ समितिका सदस्य श्री बिजेंद्र ध्वजु को उपस्थिति रहेको थियो ।

बैठकको बन्द सत्रले नेपाल स्काउटको दूरगामी बिकास र समयानुकुल परिवर्तनका लागि महत्वपूर्ण निर्णयहरु समेत लिएको छ ।
पार्षद सदस्यज्युहरुलाई प्रमुख स्काउटले स्काउट दीक्षा प्रदान गर्नु भएको थियो ।

 

[:]