नेपाल स्काउटको ४४ औँ ब्वाय स्काउट एडभान्स तालीम सम्पन्न

नेपाल स्काउटको ४४ औँ ब्वाय स्काउट एडभान्स तालीम सम्पन्न

[:en]नेपाल स्काउटको ४४ औँ ब्वाय स्काउट एडभान्स तालीम सम्पन्न भएको छ । गत श्रावण २४ देखी ३० सम्म गण्डकी प्रदेशको पोखराको माट्टिखानमा आयोजित तालीममा सातै प्रदेश बाट ३२ जना स्काउटरहरू सहभागी भएका थिए । तालीमको कोर्षलीडरको रूपमा नेपाल स्काउट राष्ट्रीय तदर्थ समिति सदस्य एवं राष्ट्रीय प्रशिक्षक बिजेंद्र ध्वजू रहनुभएको थियो । तालीमको समापन कार्यक्रमको प्रमुख अतिथिको रूपमा नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीको बिशेष उपस्थिति रहेको थियो । समापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संयोजक भण्डारीले, जस्तो सुकै अप्ठेरो आएपनी स्काउटिंग गतिबिधि नरोकिने बताउनु भयो, पछिल्लो समय स्काउटका नाममा स्काउटलाईनै सक्ने खेल भैरहेकोमा संयोजक भण्डारीले चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल स्काउट राष्ट्रीय तदर्थ समिति सदस्य शिव बहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

[:]