नेपाल स्काउटको ७३ औं स्थापना दिवस मुल समारोह कार्यक्रम सम्पन्न

नेपाल स्काउटको ७३ औं स्थापना दिवस मुल समारोह कार्यक्रम सम्पन्न

नेपाल स्काउटको ७३ औं स्थापना दिवस मुल समारोह कार्यक्रम सम्पन्न भएको छ । माननीय युवा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउट श्री बिराज भक्त श्रेष्ठको प्रमुख आतिथ्यतामा आज राष्ट्रिय प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच ७३ औं स्थापना दिवस मनाइएको हो।

कार्यक्रममा काठमाडौं उपत्‍यकामा रहेका सबै प्रशिक्षक, स्काउटर तथा रोभरसहित स्‍काउट सदस्यहरू सहभागी हुनुभएको थियो । कार्यक्रममा मार्चपास, सांस्कृतिक झाँकी, तथा विभिन्न परियोजनाहरूको प्रदर्शन समेत गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख स्काउट युवा तथा खेलकुदमन्त्री बिराज भक्त श्रेष्ठले नेपाल स्काउट समय सापेक्ष रुपान्तरण हुनुपर्ने बताउनु भएकोछ । उहाँले परिवर्तन आत्मसाथ गर्दै स्काउटको मूल्य मान्यता यथावत् राख्नुपर्ने र समाजमा निस्वार्थ भावना राखेर सहयोग पुर्‍याउँदै आएको स्काउटको महत्व अपरिर्हाय रहेकोले समयको माग अनुसार स्काउटले अब गर्नुपर्ने महत्वपूर्ण विषय भनेका ‘प्रकृतिसँग नजिक’ र ‘प्रकृतिको संरक्षण’ जस्ता मुद्दा पनि रहेको उल्लेख गर्नुभयो । स्काउटका माध्यमबाट समाजका विसंगती हटाउन, विपत् व्यवस्थापन गर्न र सभ्य समाज निमार्ण गर्न जनशक्ति उत्पादनमा सहयोग पुगेको उहाँले बताउनु भयो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख आयुक्त श्री महेन्द्र राज रंजितले आफ्नो नेतृत्वमा रहेको कार्यकारी समितिको काँधमा नेपाल स्काउटलाई नयाँ उचाईमा पुर्याउने चुनौती रहेको र आफुहरु उक्त चुनौती सामना गरी संस्थालाई जनजनमा पूर्याउन प्रतिबद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा निर्देशक राम प्रसाद भट्टराईले आ.ब. २०८०/०८१ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा नेपाल स्काउटको अभियानमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुलाई बिभिन्न पदकबाट सम्मान गरिएको थियो ।