[:en]नेपाल स्काउट सम्बद्ध नीतिगत व्यवस्थाका विषयमा छलफल सम्पन्न ।[:]

[:en]नेपाल स्काउट सम्बद्ध नीतिगत व्यवस्थाका विषयमा छलफल सम्पन्न ।[:]

[:en]मिति २०७५ मंसिर २० गते, बिहिबार संघिय संसदकाे ”शिक्षा तथा स्वास्थ्य समिति” अन्तर्गत ”युवा तथा खेलकुद उपसमिति” का माननीय सांसदज्यूहरूसँग नेपाल स्काउटकाे नीतिगत व्यवस्था, नेपाल स्काउटकाे गतिविधी र भविष्यकाे कार्यदिशा सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएकाे छ । संसद सचिवालय सिंहदरबारमा नेपाल स्काउटका कार्यालय प्रमुख केशव वाेहरा र प्रशासकीय अधिकृत रविराज पाैडेल सहितकाे टाेलीले उपसमितिका संयाेजक मा. जीवनराम श्रेष्ठ लगायत उपसमितिका सदस्य सांसदज्यूहरूसँग अावश्यक छलफल गरेकाे हाे ।

उक्त छलफल कार्यक्रममा नेपाल स्काउटकाे सांगठनिक संरचना, नीतिगत व्यवस्था, यसकाे विकास र विस्तारका विविध पक्षहरूका साथै रहेका कठिनाइहरूका बारेमा विचार विमर्श गरिएकाे थियाे । नेपाल स्काउटकाे संगठन, वर्तमान अवस्था र विकास विस्तारका विविध पक्षहरूका बारेमा कार्यालय प्रमुख बाेहराले पावरप्वाइन्ट प्रस्तुति दिनुभएकाे थियाे भने माननीय सांसदज्यूहरूले विविध विषयमा अाफ्नाे धारणा राख्दै स्वयंसेवाकाे महत्व बढाउन र स्वयंसेवीहरूलाइ प्राेत्साहित गर्न राज्यले नैं स्वामित्व र पहल लिइ कार्य गर्न उपयुक्त हुने हुँदा यस उपसमितिले सो सम्बन्धमा अावश्यक सहजीकरण गरी नेपाल स्काउटकाे हीतमा नीति निर्माण गर्न सहयाेग गर्ने बताउनुभएकाे थियाे ।

नेपाल स्काउटको विस्तारका लागि देशका ७५३ स्थानीय तहका सबै विद्यालयमा स्काउट इकाई संचालन गर्न स्थानिय तहका पदाधिकारीहरुलाई तत्कालै स्काउट सम्बन्धि अभिमुखीकरण तालिम र स्काउट मास्टर तालिमहरु संचालन गर्न सरकारी स्तरबाट आवश्यक सहयोग तथा समन्वय गर्न आवश्यक रहेको जानकारी गराइएको थियो । त्यसैगरी, नेपाल स्काउटकाे पाठ्यक्रमलाइ विद्यालय तहकाे काेर्षमा नैं राख्ने व्यवस्था, स्वयंसेवी स्काउटहरुलाई सरकारी सेवामा प्रवेश गर्दा निश्चित अंक थप गर्न र सरकारी सेवामा रहेका स्काउटरहरुको बढुवा हुदा निश्चित अंक थप गरि प्राेत्साहनका साथै सार्वजनिक यातायातमा यात्रा गर्दा परिचयपत्रको आधारमा स्काउट विद्यार्थीहरुलाई सहुलियत उपलब्ध गराउने व्यवस्थाका लागि समेत नेपाल स्काउटकाे तर्फबाट अनुराेध गरिएकाे थियाे ।[:]