प्रदेश २ स्तरीय वि.टि.सि, पि.टि.सि तालिम समापन

प्रदेश २ स्तरीय वि.टि.सि, पि.टि.सि तालिम समापन

नेपाल स्काउटको आयोजनामा ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्र, ककनी, नुवाकोटमा मिति २०७८।०९।२१ गते देखि प्रारम्भ भएको प्रदेश २ स्तरीय वि.टि.सि, पि.टि.सि तालिम २०७८।०९।२६ गते समापन भएको छ । तालिममा प्रदेश २ का स्थानीय पालिकाहरुबाट जम्मा २७९ जना सहभागी भएका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक श्री लोक बहादुर भण्डारीले, प्रदेश २ मा स्काउटिङ् गतिविधिहरुलाई द्रुत गतिमा अघि बढाउनु पर्ने जिम्मेवारी तालिम प्राप्त नयाँ स्काउट मास्टरहरुमा आएको कुरा बताउनु भयो । साथै, स्काउट मास्टरहरुलाई तालिममा सिकेका ज्ञान तथा सीपलाई ब्यवहारमा उतार्दै, प्रत्येक पालिकाका प्रत्येक विद्यालय अनि घर घरमा स्काउट पु¥याउँदै समाजको रुपान्तरणमा लाग्न निर्देशन दिनु भयो । स्काउट शिक्षा जीवनोपयोगी शिक्षा भएको हुँदा यसलाई अनिवार्य शिक्षाको रुपमा देशैभरका विद्यालयहरुमा लागु गर्नु पर्ने आवश्यकता रहेको कुरा समेत संयोजक भण्डारीले बताउनु भयो ।
सम्माननीय राष्ट्रपतीज्यू र प्रदेश २ का तालिम प्राप्त स्काउट मास्टरहरुबीच भेटघाटको समय तय गरिएको तर कोभिड १९ को फैलँदो अवस्थालाई मध्यनजर गर्दै नेपाल सरकारबाट भर्खर जारी भएका निर्णयलाई ध्यानमा राखी हाललाई सो भेटघाट कार्यक्रम स्थगित भएको कुरा सहभागीहरुमाझ राख्दै संयोजक भण्डारीले सम्माननीय राष्ट्रपतीज्यूले तालिम प्राप्त सम्पूर्ण स्काउट मास्टरहरुलाई बधाई सन्देश पठाउनु भएको जानकारी गराउनु भएको थियो ।
नेपाल स्काउट एवम् विश्व स्काउटका कन्सल्ट्याण्ट श्री देवराज घिमिरेले नेपाल स्काउटले सन् २०२३ सम्ममा ३१५,००० सदस्य पु¥याउने लक्ष्य लिएको र तालिम प्राप्त स्काउट मास्टरहरुले आ आफ्नो क्षेत्रमा स्काउट यूनिट सञ्चालन गरी सो लक्ष्य हाँसिल गर्न सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो ।