प्रमुख स्काउटद्वारा दिक्षा ग्रहण

प्रमुख स्काउटद्वारा दिक्षा ग्रहण

माननीय युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठ ज्यूले नेपाल स्काउटको प्रमुख स्काउटको रुपमा दिक्षा ग्रहण गर्नु भएकोछ । नेपाल स्काउट ऐन २०५० ले गरेको व्यवस्था बमोजिम माननीय  मन्त्रीज्युले प्रमुख स्काउटको, युवा तथा खेलकुद मन्त्रालय सचिव श्री सुमनराज अर्याल ज्यूले राष्ट्रिय परिषद सदस्य र उपसचिव रमा भट्टराई ज्यूले युवा तथा खेलकुद मन्त्रालयको प्रतिनिधी, राष्ट्रिय कार्यकारी समितिको सदस्यको रुपमा प्रमुख दिक्षा ग्रहण गर्नु भएको हो । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आज आयोजित दिक्षान्त समारोहमा नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त, पूर्व सह प्रमुख आयुक्तहरु, विद्यमान राष्ट्रिय कार्यकारी समिति सदस्यहरु, राष्ट्रिय परिषद सदस्यहरु, प्रदेश पदाधिकारी , राष्ट्रिय प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षक र स्काउटहरुको उपस्थिति रहेको थियो । दिक्षान्त समारोहमा माननीय मन्त्री ज्यूले मन्तव्य राख्दै स्काउटको विकास र विस्तारको लागि युवा तथा खेलकुद मन्त्रालयले सदैव सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्काउटको काम कारवाहीमा मन्त्रालयले हस्तक्षेप नभई अभिभावकीय भुमिका निभाउने धारणा व्यक्त गर्नुभयो ।

दिक्षान्त समारोह पश्चात नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले प्रमुख स्काउट समक्ष नेपाल स्काउटको समग्र संगठन, कार्यक्रम र प्रगतिको विषयमा आधिकारिक बिफ्रिङ्ग गर्नुभएको थियो । सोही क्रममा प्रमुख स्काउटले नेपाल स्काउटको व्यवसायिक भवन तथा जग्गाको स्थलगत अबलोकन समेत गर्नुभएको थियो ।

 

Please Click here for more photo!