[:en]बधाइ एवं सफल कार्यकालको शुभकामना[:]

[:en]बधाइ एवं सफल कार्यकालको शुभकामना[:]

[:en]राष्ट्रीय संयोजक श्री लोक बहादुर भण्डारीले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवं सफल कार्यकालको शुभकामना दिनुभाएकोछ ।

राष्ट्रीय संयोजक भण्डारीले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा आज भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति हुनु भएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाइ दिनुभएको हो ।

भेटघाटका अवसरमा राष्ट्रीय संयोजक भण्डारी र प्रहरी महानिरीक्षक थापा क्षेत्री बीच दुबै संगठन बीच आपसी सहकार्य र समन्वयलाई थप प्रगाड पार्दै नेपाल स्काउट र नेपाल प्रहरिको सांगठनिक समझौता अनुरूप नेपालका बालबालिका तथा युवाहरूलाई सामाजिक सेवा, विपद व्यवस्थापन, अपराध नियंत्रण र लागुपदार्थ दुर्ब्यशनी बिरुद्धको अभियान लगायतका क्षेत्रमा थप कार्ययोजना बनाई सहकार्य गर्ने बिषयमा समेत छलफल भएको थियो ।

उक्त अवसरमा राष्ट्रीय संयोजक भण्डारीले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई मायाको चिनो स्वरूप नेपाल स्काउटको ‘मोमेन्टो’ प्रदान गर्नुभयो । भेटमा नेपाल स्काउटका निर्देशक श्री राम प्रसाद भट्टराईको समेत उपस्थिति रहेको थियो !

[:]