[:en]बालबालिकासँग प्रधानमन्त्री[:]

[:en]बालबालिकासँग प्रधानमन्त्री[:]

[:en]सम्माननीय प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक श्री केपी शर्मा ओली तथा प्रथम महिला राधिका शाक्य ज्युको समुपस्थितिमा “बालबालिकासँग प्रधानमन्त्री” कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ! हरेक बर्ष जनवरी ०१ मा “नयाँ बर्ष नयाँ पाईला” भन्ने नाराका साथ आयोजना हुने कार्यक्रमको यो तेश्रो शृंखला हो ! बालबालिकाहरूसँग देशको कार्यकारी प्रमुखको प्रत्यक्ष अन्तरक्रिया गराई बालबालिकाहरूको प्रश्न र जिज्ञासालाई प्रधानमन्त्री स्वयंले उत्तर दिने यो कार्यक्रम अत्यन्त प्रभावकारी बन्न पुगेको छ ! कोभिड १९ को महामारीका कारण सीमित बालबालिकाको उपस्थितिमा जनवरी ०१, २०२१ मा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा १० जना बालबालिकाले प्रधानमन्त्रीलाई बिभिन्न प्रश्नहरू सोधेका थिए ! बालबालिकाहरूले प्रधानमन्त्रीलाई, बाल अधिकार, बाल सुरक्षा, हिंसा, बलात्कार लगायतका बिषयमा प्रश्न सोधेका थिए, जवाफमा प्रधानमन्त्रीले आफ्नो सबै भन्दा ठुलो प्राथामिकता भनेकै नेपालका सबै बालबालिका लाई स्वास्थ्य, शिक्षा र सुरक्षाको ग्यारेण्टी गर्नु रहेको बताउनु भयो । [:]