[:en]मास्क हस्तान्तरण कार्यक्रम[:]

[:en]मास्क हस्तान्तरण कार्यक्रम[:]

[:en]

नेपाल स्काउट र धुलिखेल नगरपालिकावबीच सामुदायिक विद्ययालयका विद्यार्थीहरुका लागि मास्क हस्तान्तरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । गत फाल्गुन ०५ गते धुलिखेल नगरपालिकाको ३५ औं स्थापना दिवश तथा काभ्रेपलाञ्चोक जिल्लाको पहिलो वालमैत्री घोषणा कार्यक्रमको अवसरमा नेपाल स्काउटका राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारीले युनिसेफ नेपालसंगको सहकार्यमा सञ्चालित SMS Reinforcement Campaign कार्यक्रमक अन्तर्गत नगरपालिकाभित्र रहेका सवै सामुदायिक विद्ययालयका विधार्थीहरुलाई नि शुल्क प्रदान गर्ने गरी धुलिखेल नगरपालिका उप प्रमुख विमला शर्माज्यूलाई ५००० थान कपडाको मास्क हस्तान्तरण गर्नु भयो । कार्यक्रममा मन्तव्य राख्नुहुदै राष्ट्रिय संयोजक भण्डारीले सुरक्षित वालवालिका तथा सुरक्षित समाजको लागि अनिवार्य मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र सरसफाई गर्ने बानीको विकास बालबालिका मार्फत नै गराउँदा झन प्रभावकारी देखिने वताउनु भयो । साथै सवै स्थानीय तहहरुमा स्काउटको अनौपचारिका शिक्षा राज्यले नै सहयोग गरी सञ्चालन गर्न लागेको अवस्थामा यो कार्यक्रम अझ प्रभावकारी हुने वताउनु भयो ।

कार्यक्रममा नेपाल सरकारका परराष्ट्रमन्त्री श्री प्रदीप ज्ञवाली, पूर्व सूचना तथा सञ्चार मन्त्री श्री गोकुल वास्कोटा लगायत जिल्लाका विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

[:]