विपद ब्यवस्थापन तालिम

विपद ब्यवस्थापन तालिम

[:en]

नेपाल स्काउटको आयोजनामा गत फाल्गुन १० गते बाट ककनी अन्तराष्ट्रिय स्काउट केन्द्र नुवाकोटमा संचालित “विपद ब्यवस्थापन तालिम”आज एक समारोहकाविच सम्मपन्न भएको छ । तालिममा, सातै प्रदेशबाट सहभागी ७० जना प्रशिक्षार्थीहरुलाई विपद् ब्यवस्थापन कौशल, सीपहरुको विविध पाटाको ज्ञान दीइएको थियो । समापन कार्यक्रममा नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारी, युवा तथा खेलकूद मन्त्रालयका सचिव केदार न्यौपाने, नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई, शषस्त्र प्रहरी तालीम केन्द्र ककनी का कमाण्डेट एसएसपी भेष बहादुर शाह, नेपाल स्काउटका पूर्व राष्ट्रीय सचिव रामगोपाल कर्मचार्य लगायतको उपस्थिति रहेको थियो ।

समापन समारोहमा प्रशिक्षार्थीहरूले विपद जोखिम नयूनिकरण र विपद व्यवस्थापनका विविध कौशलहरूको ड्रिल समेत प्रदर्शन गरेका थिए । समापन समारोहमा मन्तव्य राख्दै सचिव न्यौपानेले अब स्काउटको विपद टोली प्रत्येक पालिकामा पुग्ने बताउनु भयो, सरकारले स्काउटलाई विपद व्यवस्थानमा सुरक्षा निकाय सरह प्रशिक्षण, परिचालन र श्रोतयुक्त बनाउने प्रतिबद्दता समेत व्यक्त गर्नुभयो । कार्यक्रमका प्रशिक्षार्थीहरूलाई आफ्नो निर्देशनात्मक मन्तव्य राख्दै राष्ट्रीय संयोजक भण्डारीले अब हरेक जनजनमा स्काउट, हरेक मनमनमा स्काउट पुग्ने र हरेक विपदको घडिमा अग्रमोर्चामा स्काउट देखिनु पर्ने बताउनु भयो ।
प्रशिक्षार्थी हरूलाई RNA16 का प्रशिक्षक स्काउटर अरुण सैंजु लगायतको टोलीले ५ रात ६ दिने तालीम प्रदान गर्नुभएको थियो । आज DMT बाट दीक्षित प्रशिक्षार्थीले आआफ्नो प्रदेशमा थप ६०/६० जानाको विपद वयबस्थापन स्वयम्सेवक स्काउट टोली निर्माण गर्नेछन ।

[:]