[:en]सपथ ग्रहण कार्यक्रम[:]

[:en]सपथ ग्रहण कार्यक्रम[:]

[:en]नेपाल स्काउट अन्तर्गतका २३९ स्थानीय स्काउट समितिका संयोजकहरूको स्काउट दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । आज काठमाण्डौमा आयोजित एक समारोहकाबीच नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीले २३९ स्थानीय स्काउट समितिका संयोजकहरूलाई स्काउट दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । कार्यक्रममा नेपाल स्काउट राष्ट्रीय तदर्थ समिति सदस्य विजेंद्र ध्वजु र नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले सहभागीहरूलाई सकाऊटिंगका समसामयिक बिषयबस्तुमा प्रशिक्षण समेत प्रधान गर्नुभएको थियो । उक्त ऐतिहाँसिक समारोहमा नेपाल स्काउट राष्ट्रीय तदर्थ समिति शिव बहादुर भण्डारी तथा सातै प्रदेश स्काउट समितिका संयोजकहरूको समेत बिशेष उपस्थिति रहेको थियो ।

[:]