सुदुर पश्चिम प्रदेशस्तरीय वि.टि.सि, पि.टि.सि तालिम समापन

सुदुर पश्चिम प्रदेशस्तरीय वि.टि.सि, पि.टि.सि तालिम समापन

नेपाल स्काउटको आयोजनामा ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्र, ककनी, नुवाकोटमा मिति २०७८।०९।१५ गते देखि प्रारम्भ भएको सुदुर पश्चिम प्रदेशस्तरीय वि.टि.सि, पि.टि.सि तालिम २०७८।०९।२० गते समापन भएको छ । तालिममा सुदुर पश्चिम प्रदेशका स्थानीय पालिकाहरुबाट जम्मा २५८ (७७ महिला र १८१ पुरुष) जना सहभागी भएका थिए ।
समापन समारोहलाई सम्बोधन गर्दै नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति संयोजक श्री लोक बहादुर भण्डारीले, समाजका विकृति र विसंगति विरुद्धको बिम्बको रूपमा नेपाल स्काउट उभिनु पर्ने बताउनु भयो । फलस्वरुप, आगामी पुस्ताले ती समस्या भोग्नु नपरोस् ।
मानिसको सोच र चिन्तनमा परिवर्तन ल्याउने जिम्मेवारी युवा पुस्ताको काँधमा रहेको र त्यो काम, विश्व स्काउटको मूल्य, मान्यता र सिद्धान्तलाई अंगिकार गर्दै, नेपाल स्काउटका सदस्यहरुले गर्नु पर्ने कुरामा संयोजक भण्डारीले जोड दिनु भयो ।
संयोजक भण्डारीले, सुदुरपश्चिम प्रदेशका सबै विद्यालयहरुमा स्काउट शिक्षा पुर्याई सबल, सक्षम समाज निर्माण गर्ने जिम्मेवारी पुरा गर्न तालिम प्राप्त स्काउट माष्टरहरुलाई  निर्देशन दिनु भयो ।
समापन समारोहलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश संयोजक श्री नरेन्द्र थापाले स्काउटबाट सिकेका ज्ञान, सीप, कला र कौशलको भरपुर सदुपयोग गर्दै सुदुर पश्चिमलाई एउटा अब्बल प्रदेशका रुपमा चिनाउने जिम्मेवारी तपाईहरुको काँधमा आएको छ भन्दै त्यसका लागि आवश्यक सरसहयोगका लागि आँफु सधैँ तयार रहेको कुरा बताउनु भयो । साथै, सुदुर पश्चिमलाई असल स्काउटको क्षेत्रका रुपमा रुपान्तरण गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो ।