ललितपुर महानगरपालिका स्थानीय स्काउटको दिक्षान्त समारोह

ललितपुर महानगरपालिका स्थानीय स्काउटको दिक्षान्त समारोह

मिति २०७८ पौष २९ गते ललितपुर महानगरपालिका स्थानीय स्काउटको दिक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा नेपाल स्काउट ललितपुर महानगरपालिकाका स्थानीय संरक्षक एवम् ललितपुर महानगरपालिकाका प्रमुख चिरी बाबु मर्हजन र सचिव नगर शिक्षा महाशाखाका नवराज रिजाललाई नेपाल स्काउटका राष्ट्रिय संयोजक श्री लोबहादुर भण्डारीले दीक्षित गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारीले नेपाल स्काउटको बिकास र प्रर्वद्धनमा ललितपुर महानगरपालिका एक कोषेढुङ्गा हुने र स्थानीय स्काउट संरक्षकको पहलकदमी तथा सहयोगमा सम्पूर्ण स्थानीय निकायमा स्काउटिङ्ग गतिविधि व्यापक हुने विस्वास ब्यक्त गर्नुभयो । नेपाल स्काउटले बालबालिका तथा युवाहरुको सवलीकरण मार्फत उनीहरुलाई समाज र राष्ट्रको सेवामा लाग्न उत्प्रेरित गर्ने हुँदा बालबालिका तथा युवा वर्गलाई स्काउटमा आवद्ध गराउँदै परिचालन गर्न सकेमा मात्र समृद्ध नेपाल निर्माण गर्न सकिने धारणा ब्यक्त गर्नु भयो ।    

कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिका प्रमुख तथा ललितपुर महानगरपालिकाका स्थानीय संरक्षक श्री चिरी बाबु मर्हजनले दीक्षित हुन पाउँदा खुसी ब्यक्त गर्दै कोभिड महामारीमा नेपाल स्काउट, ललितपुर महानगरपालिकाका स्थानीय स्काउट कार्यालय र स्वयम्सेवकहरुले पु¥याएको सेवाको मुक्तकण्ठले प्रसंसा गर्नुभयो । विपद व्यवस्थापन लगायत जनचेतना फैलाउने काममा महानगरपालिका स्थानीय स्काउटसंग हातेमालो गर्दै अघि बढने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

त्यसैगरी नेपाल स्काउटका निर्देशक श्री राम प्रसाद भटराईले तत्कालीन ललितपुर जिल्ला स्काउटले स्थापनाकालदेखि नै स्काउटिङ्ग अभियानमा अग्रणी भुमिका निर्वाह गर्दै आइरहेको यथार्थ राष्ट्रिय प्रधान कार्यालयमा दस्तावेजको रुपमा पाइएको स्मरण गराउदै आगामी दिनमा पनि यस स्थानीय स्काउट कार्यालयले विगतको इतिहासलाई कायम गर्न सकोस् भनी कामना व्यक्त गर्नु भयो । 

समारोहमा बागमती प्रदेश संयोजक श्री केश रत्न बज्राचार्य, WOSM Consultant श्री देवराज घिमिरे लगायत बागमती प्रदेश समितिका सदस्यहरु श्री विजयश्वरी अमात्य, श्री शरण महर्जन, श्री प्रकाशराज पाण्डे, स्थानीय स्काउट समितिका सदस्य श्री सबुता महर्जन, नरेश अवाले लगायत ललितपुर महानगरपालिका संयोजक श्री गोपाल महर्जनज्यूको उपस्थिती रहेको थियो । समारोहमा श्री शिवराम अर्यालज्यूको पनि उपस्थिती रहेको थियो ।