[:en]24th World Scout Jamboree[:]

[:en]24th World Scout Jamboree[:]

[:en]

–किरण दत्त तेवारी

विश्व स्काउट ज्याम्बोरी संसारभरका किशोर–किशोरी अवस्थाका स्काउटहरुलाई लक्षित गरी विश्व स्काउट संगठनले तयार गरेको उत्सव हो । यो शैक्षिक उत्सवले युवा वर्गमा विश्वशान्ति, आपसी समझदारी र सद्भावना अभिवृद्धि गर्नुको साथै उनीहरुमा नेतृत्व विकास गर्ने क्षमता बढाउँछ र जीवनोपयोगी सीप सिक्ने अवसर पनि प्रदान गर्दछ । विभिन्न देशबाट जम्मा भएका स्काउटहरुले परस्पर मित्रमिलापका साथै आ–आफ्ना देशका रहनसहन, खानपान तथा संस्कृति आदान–प्रदान गर्ने सुअवसर प्राप्त गर्दछन् । नयाँ स्काउट संगठनको भेट तिनीहरुसँगको गहिरो मैत्री सम्बन्धले अविस्मरणीय अनुभव प्राप्त गर्ने अवसर स्काउटहरुलाई प्राप्त हुन्छ । विश्व सामाजिकीकरणका अवसरहरुको ज्ञान प्रदान गर्ने यो विश्व ज्याम्बोरी अति नैं फलदायी र रोचक कार्यक्रम हो । यो कार्यक्रम हरेक चार–चार वर्षमा हुने गर्दछ । २४औं विश्व स्काउट ज्याम्बोरी संचालन गर्ने अवसर यसपटक अमेरिकाले प्राप्त गरेको छ । विश्व ज्याम्बोरी आयोजना गर्ने अधिकार विश्व सम्मेलनमा हुने निर्वाचनले तय गर्दछ । यस पटकको ज्याम्बोरी संचालनमा क्यानडा र मेक्सिको समेत सहभागिता रहने शर्त तय भएको छ । १९६७ सालमा अमेरिकाले १२औं विश्व स्काउट ज्याम्बोरी संचालन गर्दा नेपालबाट पनि ४ जना स्काउटको सहभागिता रहेको थियो ।

ज्याम्बोरी स्थल र मिति

अमेरिकाको पश्चिमी भर्जिनिया स्थित स्काउट ट्रेनिङ्ग एण्ड एड्भेन्चर क्रियाकलाप गरिने रमणीय स्थलमा ज्याम्बोरी संचालन गरिने भएको छ । यो केन्द्र दक्षिणी फ्लोरिडाको समुन्द्री किनारा नजिक रहेको उपयुक्त स्थान रोजिएको छ । यो क्षेत्र ७० हजार हेक्टर जमिनमा फैलिएको हरियो जंगल सहितको पहाड एवं समथर जमिनको राष्ट्रिय पार्क हो । ज्याम्बोरी हुने मिति जुलाई २२ देखि अगष्ट २ सम्म तोकिएको छ । यसको लागि आवेदन २ वर्ष अघिदेखि मागिएको थियो ।

१४ वर्षदेखि १७ वर्षसम्मका युवा स्काउटहरुको लागि आयोजना भएको यो २४औं विश्व स्काउट ज्याम्बोरीमा स्काउट माष्टरहरुले समेत भाग लिंदैछन् । नेपाल स्काउट टोलीको नेतृत्व नेपाल स्काउटका तदर्थ समितिका संयोजक श्री लोक बहादुर भण्डारीज्यूले गर्नु भएकाे छ । नेपालबाट जाने टोलीमा ८ जना स्काउटरहरु पनि सम्मिलित छन् । ज्याम्बोरीमा स्यमंसेवक भई कार्य गर्ने अन्तर्राष्ट्रिय सर्भिस टिमले ज्याम्बोरीको स्टाफका रुपमा काम गर्नेछ । यस टिममा प्रायः अमेरिका, मेक्सिको र क्यानडाका स्काउटरहरु हुनेछन् ।

ज्याम्बोरीको नारा र सहमागिताको अवसर

नयाँ संसारको उजागर गरौं (Unlock a New World) भन्ने यसको नारा रहेको छ । यस उद्देश्य अनुसार नयाँ ठाउँ को अन्वेषण, नयाँ संस्कृतिको उजागर र नयाँ मित्रताको विकास गर्ने लक्ष्य रहेको छ । यो नारा तीन आयोजक देशका युवा स्काउटले तयार गरेका हुन् । ज्याम्बोरीमा संसारका विभिन्न देशबाट भाग लिन आउने स्काउटहरुले आ–आफ्ना खुबी देखाउन पाउनेछन र आ–आफ्ना देश समाजमा चलिआएको संस्कृति, भेषभूषा, रहनसहन र चालचलन मित्रमिलापका अवसरमा परिचय गराउने मौका पाउनेछन् ।

ज्याम्बोरीको देन

विभिन्न देश र समाजबाट ज्याम्बोरीमा भाग लिन भेलाभएका स्काउटहरुलाई आ–आफ्ना देशका बारेमा बताउने अवसर मिल्ने छ । उनीहरुले अरुका देशको बारेमा पनि थाहा पाउने छन् । विभिन्न स्काउट संस्थाले गर्ने विभिन्न क्रियाकलापको प्रर्दशनबाट ती देशका स्काउट क्रियाकलाप थाहा हुने छ । ज्याम्बोरीमा भेट भएका नयाँ साथी बीच भविष्यमा सहयात्रा, सद्भाव, सहभागित्व, मित्रमिलाप र नयाँ नयाँ विचारको आदान–प्रदान गर्ने सुअवसरको विकास हुने छ । यस प्रकार यो ज्याम्बोरीले विभिन्न देशका स्काउटलाई नजिक्याउने छ र परस्पर मिलेर काम गर्ने मार्ग प्रशस्त गर्ने छ । ज्याम्बोरीका समस्त सहभागीहरु यो सुन्दर संसारलाई अझ सुन्दर शान्त बनाउन हातेमालो गर्दै अगाडि बढ्न सकुन भन्ने कामना गर्दै नेपालबाट भाग लिन जाने सबै स्काउट स्काउटरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Participants from Nepal Scouts

VIEW photos:
20190723_JA_191603

24th World Scout Jamboree

 

VIEW THE JAMBOREE ACITIVITIES
[:]