69th Nepal Scouts Establishment Day

69th Nepal Scouts Establishment Day

नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवशरमा नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यालयमा सामाजिक दुरी तथा आबश्यक सुरक्षा मापदण्ड अपनाउदै आयोजित एक कार्यक्रम बीच नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीले स्काउट झण्डोत्तलन गर्नुका साथै स्काउटिंग का संस्थापक लर्ड र लेडी वेडेन पावेलको प्रतिमामा माल्यार्पण गर्नु भएको छ । कार्यक्रममा नेपाल स्काउटका निर्देशक सहित, केही स्काउट लीडर र कर्मचारीहरू सहभागी भएका थिए ।

स्काउटिंगका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्न व्यक्तिगत रुपमा आफ्नो ज्यान जोखिममा पारि साहसिक पूर्ण वीरताका साथ शौर्यपूर्ण कार्य गर्न सफल स्काउट तथा नेपाल स्काउटका १५ बर्षसम्म निरन्तर सेवा गर्नुभएका स्काउटरहरुलाई वितरण गर्दै आएको क्रमशः पराक्रमपट्टीपदक र दीर्घ सेवापदक, यस बर्ष पनि नेपाल स्काउटको ६९औं स्थापना दिवसको अवसरमा देहाय बमोजिमका स्काउटरहरु तथा सामाजिक अभियान्तालाई प्रदान गरिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरिएको छ।
पदवीप्राप्त गर्नुहुने सम्पुर्णमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।