[:en]70TH NEPAL SCOUTS ESTABLISHMENT DAY[:]

[:en]70TH NEPAL SCOUTS ESTABLISHMENT DAY[:]

[:en]नेपाल स्काउटको ७०औं स्थापना दिवसको अवसरमा नेपाल स्काउट राष्ट्रीय प्रधान कार्यालयमा सामाजिक दुरी तथा आबश्यक सुरक्षा मापदण्ड अपनाउदै आयोजित एक कार्यक्रम बीच नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीले स्काउट झण्डोत्तलन गर्नुका साथै स्काउटिंग का संस्थापक लर्ड र लेडी वेडेन पावेलको प्रतिमामा माल्यार्पण गर्नु भएको छ ।

झण्डोत्तलन पश्चात्त माननीय युवा तथा खेलकूद मन्त्री एवं नेपाल स्काउटको प्रमुख स्काउट श्री एकबाल मिया ज्यूको उपस्थितीमा virutal मार्फत भव्यताका साथ मनाईएको छ । उक्त कार्यक्रममा विश्व स्काउट संगठन WOSM का Regional Director Mr. JR C. Pangilinan र WAGGGS का Asia Pacific Regional Committee Chair Ms. Bronwyn Hughes बाट शुभकामना सन्देश भिडियो मार्फत प्रसारण गरिएको छ ।

साथै नेपाल स्काउटले ७० औं स्थापना दिवसको उपलक्ष्यमा हरेक वर्षझैं यस बर्ष पनि स्काउटिङ्गमा लगनशील एवं कर्तव्यनिष्ट भई उत्कृष्ट कार्य गर्ने एवं स्काउटिङ्ग विकास, विस्तार र प्रबद्र्घनमा उल्लेखनीय योगदान गर्ने स्काउटर, रोभर रेन्जर तथा अन्य व्यक्तित्वहरुलाई विभिन्न विधाका पदकबाट विभूषित गरिएको व्यहोरा सबैमा सहर्ष जानकारी गराईन्छ । सूचना : https://bit.ly/3zLKQo2

[:]