[:en]COVID-19, Scouts is a friend to Animals[:]

[:en]COVID-19, Scouts is a friend to Animals[:]

[:en]विश्व महामारी कोरोनाको कारण सरकारले बिगत ३ हप्ता देखि देशव्यापी लकडाउन आह्वान गरेको छ। विषम् अवस्थालाई ध्यानमा राखेर सरकारले नागरिकलाई दैनिक उपभोग्य वस्तुको जोहोसमेत गरिरहेको छ। त्यसका लागि आवश्यक संयन्त्रसमेत क्रियाशील छ। तर संक्रमण त्राश त्यसको नियन्त्रण, रोकथाम र पिडित जनतालाई राहत वितरणमा जुटेको सरकारले बादर, कुकुर, चराचुरुंगी लगायतलाई त्यत्ति ध्यान दिन पाएको छैन ।

सदैव समाजसेवामा खटिने नेपाल स्काउटले भने लकडाउन का कारणले भोका भएका पशुपंक्षी हरूलाई दाना खुवाउने अभियान चलाएको छ, रुटिन अफ नेपाल बन्द लगायतका बिभिन्न संस्था र व्यक्तिको ससानो सहयोगमा गत हप्ता बाट सुरु भएको यो अभियानमा हाल सम्म उपत्यकाका हजारौ बादर, कुकुर, गाइ, चराचुरुंगी र माछाले आहारा पाएको छ। लकडाउनको १७ औं दिन सम्म आइपुग्दा नेपाल स्काउटले उपत्यकाको चक्रपथ, बालूवाटार, भाटभटेनि, ज्ञानेश्वर, कमलादि, भद्रकाली, हनुमानढोका दरवार क्षेत्र दुवाकोट भक्तपुर, थली, जोरपाटि, बौद्ध, चाबहिल, थापाथली, पशुपति, स्वयम्भुनाथ, कलंकी सातदोबाटो, कोटेश्वर, लगनखेल, पाटन, खोकना, बुन्ग्मति, चोभार लगायतका स्थानमा पशुपंक्षीलाई मासु, बिस्कुट, चामल, मकै, गहु, केरा, पानि लगायतका आहार वितरण गरिसकिएको छ। स्काउटले पशुपंक्षीलाई मात्र नभई परिस्थिति अनुशार सडक मानव र अलपत्र परेका मजदुरलाई पनि खाद्यान्न, माक्स र नगद समेत सहयोग गरेको छ। यो अभियान लकडाउन अबधिभर जारीराख्ने स्काउटले जनाएको छ।

COVID-19 (Animal Feeding)[:]