[:en]Farewell to Retired Staff[:]

[:en]Farewell to Retired Staff[:]

[:en]यस नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा विगत २९ बर्ष देखी अनवरत सेवा गरी सेवा निवृत्त हुनुभएकोमा पूर्व लेखा सहायक श्री लक्ष्मी देवी डंगोल र पूर्व कम्प्यूटर अपरेटर श्री किरण मसाल ज्यूलाई उहाँहरूको मिहेनत, लगनशिलता र योगदान प्रति उच्च सम्मान व्यक्त गर्दै भविष्यमा सु—स्वास्थ्य र दिर्घायुको कामना सहित आज एक कार्यक्रम विच बिदाई गरिएको छ |

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रीय संयोजक श्री लोक बहादुर भण्डारीले डंगोल र मशाललाई कदर पत्र र दोसल्ला ले सम्मान गर्नु भएको थियो ! कार्यक्रममा राष्ट्रीय तदर्थ समितिका सदस्यद्वय शिव बहादुर भण्डारी, बिजेंद्र ध्वजू र निर्देशक राम प्रसाद भट्टराईको समेत उपस्थिती रहेको थियो |

[:]