[:en]Great initiation in Province 1 [:]

[:en]Great initiation in Province 1 [:]

[:en]अहिलेकाे विषम् परिस्थितिमा कोरोना भाइरसका कारण पुरै संसार नै त्रसित बनेको र देश पुरै लकडाउन को अवस्थामा रहेकाेछ । यो असामान्य परिस्थितिमा अधिकाङ्स जन जीवन कष्टकर बन्दै गएको पीडित बर्गहरु लाई मध्यनजर गर्दै झापा जिल्ला स्काउट अन्तर्गत सञ्चालिम  हिमालय रोभर रेन्जर स्काउट क्रयु को सकृय आयोजनामा “हामी ले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने” भन्ने मुल नारा का साथ (सेवा नै धर्म हो ) नाम बाट संचालन भएको दमक नगरपालिका भित्र रहेका सडक मै बसोबास गर्ने, दृस्टीबिहिन, फरक क्षमता भएका तथा असक्ता मानिसहरु लाई खाना वितरण कार्यक्रम को सुरुवात गरेका छन्।

कार्यक्रमका मूख्य उदेस्यहरु सडकमा ब्यबारिस रुपमा देखा पर्ने लाई खानाको ब्यवस्था गर्ने, विभिन्न उमेर समूह का मानिसहरु लाई सहयोग गर्न उत्प्रेरित गर्ने, स्काउट सेवाको लागि सधैं तयार रहन सक्दो कोशिस गर्दछ (Do your best to be prepared for service)भन्ने अवधरणाबारे सबैलाइ जान्कारी गराउने, सडकमै बसोबास गर्ने, दृस्टीबिहिन, फरक क्षमता भएका तथा असक्ता मानिसहरु लाई खाना वितरण गरि सहयोग गर्ने  रहेकाेछ ।

सुरुवात देखि हिमालय रोभर/रेन्जर स्काउट क्रयूको फंड साथै रोभर/रेन्जरको ब्यक्तिगत सहयोग बाट सुरुवात गरिएको कार्यक्रमलाई निरन्तरता दिन सहयोगी हातहरुको आवस्यकता रहदा स्थानीय सरकार, ब्यक्तिगत तथा संस्थागत सहयोगहरुको कारणले निरन्तर कार्यक्रम सफल हुन लाई सहजिकरण हुदै आएको छ ।