[:en]Leaders meet at MOYS[:]

[:en]Leaders meet at MOYS[:]

[:en]युवा तथा खेलकुद मन्त्री एवं नेपाल स्काउटका प्रमुख स्काउट माननीय जगत बहादुर सुनार विश्वकर्माज्यूकाे अध्यक्षतामा नेपाल स्काउटसँग सम्बन्धित समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न गरिएकाे छ ।

२०७५ मंसिर १७ गते, साेमबार युवा तथा खेलकुद मन्त्रालयकाे सभाहलमा अायाेजित कार्यक्रममा नेपाल स्काउटकाे एेन परिमार्जन र भविष्यकाे कार्यदिशा सम्बन्धमा घनीभूत छलफल भएकाे थियाे । मन्त्रालयका सहसचिव अणप्रसाद न्याैपानेले कार्यक्रममा उपस्थित महानुभावहरूलाइ स्वागत गर्नुभएकाे थियाे ।

छलफल कार्यक्रमका सहभागी स्काउटरहरूले छिटाेभन्दा छिटाे नेपाल स्काउटकाे एेन ल्याउनु पर्नेमा जाेड दिंदै नेपाल स्काउटमा यथाशीघ्र
राष्ट्रिय तदर्थ समिति गठन गर्न माननीय मन्त्रीज्यूमा अनुराेध गर्नुभएकाे थियाे ।

प्रमुख स्काउट माननीय मन्त्रीज्यूले मंसिर महिनाभित्रै छरिताे प्रकारकाे तदर्थ समिति गठन गरी नेपाल स्काउटमा देखिएकाे वर्तमान गतिराेध अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाल स्काउटकाे एेन यसवर्षकाे हिउँदे अधिवेशनमा पेश गरी पारित गर्न प्रयास पर्ने बताउनुभयाे ।

छलफल कार्यक्रममा नेपाल स्काउटका पूर्व राष्ट्रिय पदाधिकारीहरू, वरिष्ठ स्काउटरहरूका साथै युवा स्काउटरहरूकाे उपस्थिति रहेकाे थियाे ।[:]