New committee in Leadership role

New committee in Leadership role

माननीय मन्त्री एवं नेपाल स्काउटका प्रमुख स्काउट महेश्वरजंग गहतराज अथकले नेपाल स्काउटको राष्ट्रीय तदर्थ समिति गठन गर्नुभएको छ। समितिका संयोजक रबिन दाहाल र सह-संयोजकमा राजिब खत्री सहित १५ सदस्यीय समितिलाई प्रमुख स्काउटले आजै मन्त्रालयमा आयोजित एक समारोहमा दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको छ ।

समितिको सदस्यहरुमा बबिता कटुवाल, बिजय किशोर झा, हरि बहादुर श्रेष्ठ, केशव महर्जन, रामचरित्र ठाकुर, सन्तोष कुमार थापा, शिब प्रसाद बराल, रमिला नगरकोटी, गायत्री शर्मा, दिपक अर्याल, तिलक खत्री, जुपिटर कुँवर र देउमल सुनार नियुक्त हुनुभएको छ । नवगठित समितिका संयोजक, सह-संयोजक र सदस्यहरूलाई आजै राष्ट्रीय प्रधान कार्यालयमा निर्देशक रामप्रसाद भट्टराईले पदभार ग्रहण गराउनुभएको छ !