[:en]Partnership between NS & NTV[:]

[:en]Partnership between NS & NTV[:]

[:en]नेपाल स्काउटको बालबालिका तथा युवा वर्गलाई विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुप अनुशासित,स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भावनाको अभिबृद्धि गर्दै देश विकासको कार्यमा सहभागी गराउने लक्ष्य प्राप्तीका लागि नेपाल स्काउट द्वारा सञ्चालित एवम् भविष्यमा समेत सञ्चालन हुन सक्ने विविध स्काउटिङ कार्यक्रमहरु आम नेपाली माझ पुर्याउन तथा स्काउटिङ र यस संग सम्बन्धित विविध पक्षहरुका बारेमा सु–सुचित गराउने उद्देश्य अनुरुप स्काउट सम्बन्धि कार्यक्रमहरुको उत्पादन तथा प्रसारण का लागि नेपाल स्काउट र नेपाल टेलिभिजन बीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुशार २०७६ चैत्र देखि नेपाल टेलिभिजनले स्काउट सम्बन्धि कार्यक्रम उत्पादन गरि पाक्षिक रूपमा प्रसारण गर्ने छ । समझदारी पत्रमा नेपाल टेलिभिजनका तर्फबाट महाप्रबन्धक गोविन्द रोका र नेपाल स्काउटका तर्फ बाट निर्देशक राम प्रसाद भट्टराई ले हस्ताक्षर गर्नुभएको थियो

हस्ताक्षर कार्यक्रममा नेपाल टेलीभिजनका कार्यकारी अध्यक्ष महेन्द्र बिष्टकोपनी बिशेष उपस्थिति रहेको थियो ।[:]