[:en]Prime Minister with Children[:]

[:en]Prime Minister with Children[:]

[:en]बालबालिकासँग प्रधानमन्त्री” कार्यक्रम सम्पन्न ।

नेपाल स्काउटको आयोजनामा ”बालबालिकासँग प्रधानमन्त्री” ऐतिहासिक कार्यक्रम २०७५ पौष १७ गते, मंगलबार भव्यरूपमा सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक केपी शर्मा ओलिज्यूको विशेष उपस्थितिमा स्काउट तथा विद्यार्थी बालबालिकाहरु माझ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सो ऐतिहासिक कार्यक्रम अभूतपूर्ब रूपमा सम्पन्न भएको हो । नेपाल स्काउटले आयोजना गरेको साे कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले बालबालिकाहरुको समसामयिक जिज्ञासाका साथै रोचक प्रश्नहरुको जवाफ दिनुभएको थियो ।

आफ्नी धर्मपत्नी राधिका शाक्य सहित सो कार्यक्रममा पाल्नु भएका प्रधानमन्त्रीज्यूलाई प्रमुख स्काउट एवं युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले पुष्पगुच्छा सहित स्वागत गर्नुभएको थियो । स्वागतमा उपस्थित स्काउटरहरुबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई विश्व स्काउट संगठनको Messenger of Peace स्कार्फ तथा कार्यक्रमको लोगो लगाइएको थियो ।

कार्यक्रममा नेपाल स्काउटकाे तर्फबाट माननीय प्रमुख स्काउटज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूमा मायाकाे चिनाे उपहार दिनुभएकाे थियाे । सम्माननीय प्रधानमन्त्रीज्यूका तर्फबाट कार्यक्रममा उपस्थित स्काउट तथा विद्यार्थी बालबालिकाहरूलाइ डायरी तथा कलम उपहार समेत दिइएकाे थियाे ।

साे कार्यक्रममा एक हजार भन्दा बढी स्काउटर, स्काउट, विद्यार्थी एवं शिक्षक शिक्षिकाहरुकाे उपस्थिति रहेको थियो ।

“Prime Minister with Children” program concluded.

A historic program “Prime Minister with Children” in special presence of The Rt. Hon. Prime Minister & Patron of Nepal Scouts Mr. K.P. Sharma Oli was concluded on 1st January, 2019 at Nepal Academy, Kamaladi, Kathmandu. The unprecedented kind of program organized by Nepal Scouts was such an occasion where The Prime Minister answered questions asked by children themselves on contemporary and interesting issues relating to the children. This program is a first of it’s kind where the Prime Minister interacted with Scouts & Children.

The Prime Minister arrived in the program with his wife and was welcomed by the Chief Scout Hon. Minister of Youth and Sports Mr. Jagat Bahadur Sunar(Bishwakarma) witha bouquet and the Scout Leaders present there welcomed the couple with Scout Messengers of Peace(MoP) Scarf and Badges of the program.

The children were provided with a Photo call with the Prime Minister and a gift of a Diary & a Pen.

The program was attended by more than Thousand Scouters, Scouts, Students & Teachers[:]