[:en]तेश्रो राष्ट्रिय स्काउट ज्याम्बोरी सम्पन्न[:]

[:en]

Photo Courtesy: Sachin Karki

नेपाल स्काउटले आफ्नो तेश्रो राष्ट्रिय स्काउट ज्याम्बोरी सम्पन्न गरेको छ । ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्र, नुवाकोटमा आयोजित तेश्रो ज्याम्बोरीको यहि जेठ २१ गते समापन गरिएको हो । २०७५ जेठ १६ देखि २१ गतेसम्म सञ्चालित स्काउटहरुको महाकुम्भ ज्याम्बोरीमा देश विदेशका ५००० भन्दा बढी सहभागीहरुले भाग लिएका थिए । जेठ १७ गते सशष्त्र प्रहरी बलको UNPTC तालिम केन्द्रमा नेपाल स्काउटका संरक्षक समेत रहनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले भव्य समारोहबीच कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । नेपाली सेनाको हेलिकप्टरमा समारोह स्थलमा पुग्नुभएका प्रधानमन्त्री ओलीले स्काउट केन्द्रमा ज्याम्बोरी स्तम्भको अनावरण गर्नुका साथै बालबालिकाहरुको साहसिक कार्यहरुको अवलोकन समेत गर्नुभएको थियो । समुद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपाल स्काउटको विकास, संवर्धन र विस्तारमा सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभएको थियो । शान्तिका दूतहरुको रुपमा रहेका स्काउटहरुको कार्यक्रममा शान्तिका प्रतीकका रुपमा रहेका परेवा उडाउने कार्य समेत प्रधानमन्त्रीले गर्नुभएको थियो ।

स्काउट केन्द्रका साथै ककनीमै रहेको नेपाल पर्वतारोहण संघको पिकनिक क्षेत्र र ककनीस्थित विभिन्न सामुदायिक र निजी वनहरुमा समेत सहभागीहरुलाई टेन्टमा बस्ने, खाने र साहसिक क्रियाकलापहरु गर्ने व्यवस्था मिलाइएको थियो । ३००० भन्दा बढी सहभागीहरु आवासीय रुपमा बसेका थिए भने लगभग त्यतिकै संख्यामा दैनिक भिजिटरका रुपमा समेत सहभागी भएका थिए । ककनी गाउँपालिका, स्थानीय संघसंस्थाका साथै सर्वसाधारणले समेत ज्याम्बोरीको सफल सञ्चालनमा सहयोग गरेका थिए । ज्याम्बोरीमा मित्रराष्ट्र भारत, बंगलादेश, भुटानका साथै विश्व स्काउट संगठनका प्रतिनिधी र मित्रराष्ट्र लक्जेम्वर्ग र माल्दिभ्सको समेत सहभागिता रहेको थियो ।

विभिन्न कठिनाईका कारण आवश्यक तयारीका निमित्त निकै छोटो समय प्राप्त भएको भएतापनि कार्यक्रमलाई भव्यतापूर्वक सम्पन्न गर्न सकिएकोमा नेपाल स्काउटका संयोजक एवं क्याम्प चीफ चन्दन कौशिकले खुशी व्यक्त गर्दै सहयोगी सबै हातहरुलाई हार्दिक धन्यबाद समेत दिनुभयो ।

समापन समारोहमा प्रमुख आतिथ्यता ग्रहण गर्नुभएका माननीय परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विश्वव्यापी रुपमा रहेको स्काउटको महत्व नेपालमा समेत रहेको बताउनु हुँदै बालबालिकाहरुलाई अनुसाशन सिकाउन र स्वयंसेवामा लाग्ने अभिप्ररेणा प्रदान गर्न स्काउटको शिक्षा महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । कार्यक्रम समापनकै अवसरमा नेपाल स्काउटको विकास र विस्तारमा अतुलनीय योगदान दिने महानुभावहरुलाई विभिन्न पदक तथा मानपद्वीद्धारा विभूषित समेत गरिएको थियो । नेपाल स्काउटको सर्वोच्च पदक सुनौलो गैंडा ६ जनालाई, उत्तम सेवा पुरस्कार १६ जनालाई प्रदान गरिएको थियो भने हालै सगरमाथाको सफल आरोहण गर्ने स्काउटरद्धय अनिश लुईटेललाई नेपाल स्काउट पराक्रम पट्ट प्रथम र प्रकाशराज पाण्डेलाई नेपाल स्काउट पराक्रम पट्ट द्धितीय प्रदान गरिएको थियो । त्यसैगरी ज्याम्बोरी सफल बनाउन योगदान दिने नेपाली सेना, नेपाल पर्वतारोहण संघ, ककनी गाउँपालिका आदि संस्थाका साथै व्यक्तित्वहरु समेतलाई प्रशंशा पत्र प्रदान गरिएको थियो ।

नेपाल स्काउटले आफ्नो पहिलो स्काउट ज्याम्बोरी किर्तिपुरमा २०४३ सालमा सम्पन्न गरेको थियो भने २०६९ सालमा टिकौलीमा दोश्रो ज्याम्बोरीको आयोजना गरेको थियो । यस प्रकारको कार्यक्रम प्रत्येक चार वर्षमा आयोजना गर्ने प्रचलन रहेतापनि नेपाल स्काउटले विभिन्न कारणले तेश्रो ज्याम्बोरीसम्मको यात्रा तय गर्न सफल रहेको छ ।

For more photos:

Third National Scout Jamboree[:ne]

Third National Scout Jamboree[:]