[:en]Traffic Volunteer Mobilization Program Phase II starts today![:]

[:en]Traffic Volunteer Mobilization Program Phase II starts today![:]

[:en]The second phase of the Traffic Volunteer Mobilization program has started today. A one-day orientation program has been completed today at Nepal Scouts National Headquarters. This is a part of the national-level contractual agreement between Nepal Scouts and Nepal Police to mobilize volunteers of Nepal Scouts in traffic management at various locations in the valley.

The orientation program was facilitated by Traffic Police Inspector Damodar Bhattarai and 175 Rovers, Rangers and leaders attended the program. The Rover Scouts and Ranger Scouts will be mobilized from tomorrow at 15 different Hotspot locations of Kathmandu valley where usually a big number of traffic flows in and out.

Nepal Scouts Bagmati Province Coordinator Mr. Kesh Ratna Bajracharya emphasized making this program effective and useful for the general public. The program was moderated by Bagmati Province Officer Shobha Lamichhane. National Ad-Hoc Committee Member Bijendra Dhwoju, Director Ram Prasad Bhattarai, and other officials also attended the program.


ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम अन्तर्गत दोस्रो चरणको कार्यक्रम आजबाट शुरू

ट्राफिक स्वयंसेवक परिचालन कार्यक्रम अन्तर्गतको दोस्रो चरणको कार्यक्रम आजबाट शुरू भएको छ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा आज एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । उपत्यकाका विभिन्न स्थानमा ट्राफिक व्यवस्थापनमा नेपाल स्काउटका स्वयंसेवकहरूलाई परिचालन गर्न नेपाल स्काउट र नेपाल प्रहरी बीच भएको राष्ट्रिय स्तरको  सम्झौता अन्तर्गत यो कार्यक्रम गरिएको हो।

अभिमुखीकरण कार्यक्रम ट्राफिक प्रहरी निरीक्षक दामोदर भट्टराईले सहजीकरण गर्नुभएको थियो ।  अभिमूखीकरण कार्यक्रममा उपत्यकाका विभिन्न क्रु मा आवद्ध रोभर स्काउट, रेन्जर स्काउटका साथै स्काउट लिडर सहित १७५ जनाको सहभागिता रहेको थियो । यस अभिमूखीकरण तालिमका सहभागी रोभर रेन्जर स्काउटहरु भोलिदेखि काठमाडौं उपत्यकाका ठूलो संख्यामा सवारी आवागमन हुने १५ विभिन्न हटस्पट स्थानहरूमा परिचालित हुनेछन् ।

नेपाल स्काउट बागमती प्रदेश संयोजक श्री केशरत्न बज्राचार्यले यो कार्यक्रमलाई प्रभावकारी र आम जनताका लागि उपयोगी बनाउनमा जोड दिनुभएको थियो । राष्ट्रिय समितिका सदस्य विजेन्द्र ध्वजू, निर्देशक रामप्रसाद भट्टराई र अन्य अधिकारीहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रमको संचालन बागमती प्रदेश अधिकृत शोभा लामिछानेले गर्नुभएको थियो ।

[:]