[:en]PROVINCE COORDINATORS & STAFF INDUCTION TRAINING[:]

[:en]PROVINCE COORDINATORS & STAFF INDUCTION TRAINING[:]

[:en]

नेपाल स्काउट अन्तर्गत सातै प्रदेशका संयोजकज्यूहरु र कर्मचारीहरुका लागि ककनी अन्तराष्ट्रिय स्काउट केन्द्रमा सञ्चालित अभिमुखीकरण तालिम सफलताका साथ सम्पन्न भएको छ । कार्यक्रमको समापन समारोहमा आफ्नो निर्देशनात्मक मन्तव्य राख्दै नेपाल स्काउटका राष्ट्रीय संयोजक श्री लोक बहादुर भण्डारीज्यूले, नयाँ नेतृत्व अनि कर्मचारीहरुले पुराना स्काउटरहरुको योगदान एवम् ज्ञानको सहि सदुपयोग गर्दै सँस्थागत बिकासको मुल धारमा ल्याउन प्रयत्न गर्नु पर्ने, पूर्ण रुपमा काममा केन्द्रित भई नेपाल स्काउटमा नयाँ ढँगबाट काम भईरहेको छ भन्ने अनुभूती दिलाउन सक्नु पर्ने, आर्थिक एवम् प्रशासनिक स्वच्छता तथा पारदर्शितामा ध्यान दिनु पर्ने कूरामा जोड दिनु भयो । कार्यक्रममा बोल्दै उहाँले, सँस्थामा नयाँ रक्तसञ्चार गरी नेपाल स्काउटलाई नयाँ जीवन अनि गति प्रदान गर्दै यसलाई देशैभरका ७५३ स्थानीय तहसम्म पु¥याई बालवालिका तथा युवाहरुको समग्र विकासमा केन्द्रित सबैभन्दा ठुलो र व्यवस्थित स्वयमसेवी संस्थाको रुपमा प्रमाणित गर्नु पर्ने जिम्मेवारी नयाँ नेतृत्व एवम् कर्मचारीहरुको काँधमा आएको बताउनु भयो । यसलाई निर्वाह गर्न आवश्यक ज्ञान, सीप, क्षमता यस अभिमुखीकरण तालिमले प्रदान गरेको छ भन्ने विश्वास आँफुले लिएको कुरा उहाँले बताउनु भयो ।

तालिमको अन्तिम दिन नेपाल स्काउटका निर्देशक श्री राम प्रसाद भट्टराईले संस्थाको बार्षिक रोडम्याप प्रस्तुत गर्नु भयो भने सोहि रोडम्यापको आधारमा राष्ट्रिय प्रधान कार्यालय एवम् प्रदेश कार्यालयका कर्मचारीहरुले आ आफ्नो बार्षिक कार्य योजना तयार पारी प्रस्तुती समेत दिनु भएको थियो ।
तालिम अवधिभर बिभिन्न राष्ट्रिय एवं अन्तराष्ट्रिय स्रोत व्यक्तिहरुले क्रमशः कार्यालय सञ्चालन सम्बन्धि नीति नियम, नियमावली, कर्मचारी प्रशासन, सार्वजनिक प्रशासन, सार्वजनिक खरिद नियमाली, लेखा प्रणाली, कर प्रणाली तथा प्रावधान, बेरुजु, बेरुजुका कारणहरु र यसलाई न्युनिकरण गर्ने उपायहरु, कर्मचारी तथा स्वयंसेवकबीचको सम्बन्ध, संस्थागत सुशासन, स्काउट एवं स्काउटिङ अभियानका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव श्री राम प्रसाद थपलियाको विषेश उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहमा स्काउटिङ् अभियानलाई विस्तार गर्न शिक्षा, खेलकुद र युवाका क्षेत्रमा काम गर्ने निजामती कर्मचारीहरुसंग समन्वय गरेर अगाडि बढ्न सकिने बताउनु भयो । यसका साथै सम्बन्धित क्षेत्रका मेयर अनि उपमेयरज्यूहरुसँग समन्वय गर्न सकिने बताउनु भयो ।
नेपाल स्काउटको पुनर्सरचनाका लागि, एशिया प्यासिफिक रिजनका तर्फबाट, लामो समयदेखि परामर्श सेवा प्रदान गर्दै आउनु भएका श्री एन. जी. अमिङ्, श्री प्रशन्ना श्रीवास्तभले, प्रदेश कर्मचारीहरुको सपथसँगै समापन भएको अभिमुखीकरण तालिमलाई जुम मार्फत सम्बोधन गर्नु भएको थियो । नेपाल स्काउटलाई नयाँ उचाई एवम् गति प्रदान गर्ने कुरामा प्रदेश संयोजक एवम् नयां जनशक्तिले महत्वपूर्ण योगदान गर्नेछन् भन्ने आशा आँफुहरुले लिएको बताउनु भयो ।

[:]