Uniform & Badge Manual

नेपाल स्काउटमा प्रयोग हुने वायज तथा पोशाक

नेपाल स्काउटमा प्रयोग हुने विभिन्न प्रकारका वायज तथा पोशाकमा समान गुणस्तर कायम गरी प्रयोगमा एकरुपता ल्याउन अत्यावश्यक भएकोले मिति २०७८।०३।२७ गतेको राष्ट्रिय तदर्थ समितिको निर्णयानुसार वायज तथा पोशाक सम्बन्धी निर्देशिका परिमार्जन भई लागू गर्नका लागि मिति २०७८।०३।३१ मै सबै प्रदेश स्काउट कार्यालयहरु मार्फत परिपत्र गरिसकिएको व्यहोरा जानकारी गराइन्छ । परिमार्जित निर्देशिकाले निर्दिष्ट गरेको मापदण्ड बमोजिम वायज तथा पोशाकको प्रयोग अनिवार्य गर्न गराउन हुन सम्बन्धित सबै स्काउट सदस्यहरुमा यो सूचना जारी गरिएको छ ।

द्रष्टव्य :
१) पोशाक तथा वायजको प्रयोग सम्बन्धमा परिमार्जित मापदण्ड चालु आ.व. देखि लागू भई आ.व. २०७९/०८० देखि अनिवार्य रुपमा प्रयोगमा ल्याउनु पर्नेछ ।
२) उपरोक्त वायज तथा पोशाक लगायत स्काउटिङ्गमा प्रयोग हुने अन्य सबै सामग्रीहरु स्काउट पसलमा सुपथ मूल्यमा सहजै उपलब्ध हुने भएकोले सोझै पसलमा सम्पर्क गरी खरिद गर्न सकिने छ । स्काउट पसलहरु प्रदेशमा समेत खुल्ने तयारी भइरहेको र हाललाई लैनचौर, काठमाण्डौ स्थित नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयमा रहेको स्काउट पसलमा सम्पर्क गर्न सकिने छ । सम्पर्क मोबाइल नं. : ९८६७९८३७९०
३) नेपाल स्काउटको मान्यता प्राप्त आधिकारिक स्काउट पसल बाहेक अन्यले नेपाल स्काउटको ब्राण्ड प्रयोग गरी अवैधरुपमा स्काउट सम्बन्धी पोशाक, वायज तथा अन्य सामग्री उत्पादन तथा विक्री वितरण गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने छ ।
४) नेपाल स्काउटको पोशाक तथा वायज सम्बन्धी परिमार्जित निर्देशिका निम्न लिंकबाट हेर्न सकिने छ ।

सर्कूलर – Download

पोशाक तथा वायज निर्देशिका – Download / View Online