OMRS FAQs

अनलाईन सदस्यता रजिष्ट्रेशन प्रणाली OMRS सम्बन्धि | (ABOUT ONLINE MEMBERSHIP REGISTRATION SYSTEM (OMRS)?)

१। अनलाईन सदस्यता रजिष्ट्रेशन प्रणाली के हो? 
(What is Online Membership Registration System (OMRS)?) 
  • हरेक इकाईले नेपाल स्काउटको सदस्यता सम्बन्धी Online Portal मा आफ्नो इकाईका स्काउट सदस्यहरुलाई दर्ता गराई इकाई तथा ब्यक्तिगत स्काउट सदस्यता नम्बर प्राप्त गरि हरेक आर्थिक वर्षमा दर्ता नविकरण गर्नु हो । OMRS मा नेपाल स्काउटका इकाईहरु र स्काउट, स्काउटर, सहायक राष्ट्रिय प्रशिक्षक, राष्ट्रिय प्रशिक्षक एवं आयुक्त, पदाधिकारीहरु नेपाल स्काउटमा पहिलो पटक दर्ता र बार्षिक रुपमा नवीकरण हुँदै जानु पर्दछ ।
२। के दर्ता नवीकरण निर्देशिका परिमार्जन भएको हो? 
Is Registration/Renew Manual amended? 
३। परिमार्जित दर्ता नवीकरण निर्देशिका कता पाउन सकिन्छ?
Where do I get the Registration/Renew Procedure (Manual)? 
४। अनलाईन सदस्यता रजिष्ट्रेशन प्रणाली (OMRS) कहिलेबाट शुभारम्भ भएको हो ? 
When was OMRS officially launched?
  • मिति २०७९ जेष्ठ ३० गते नेपाल स्काउटको आधिकारिक वेवसाइट मार्फत अनलाईन सदस्यता रजिष्ट्रेशन प्रणाली (OMRS) शुभारम्भ भई सम्पूर्ण स्काउट मास्टरहरुले व्यक्तिगत Master Login प्राप्त गरि आफ्नो दल दर्ता नविकरण गर्न आवहन गरिएकोछ ।

————————————————————————————————————————————————–

OMRS को प्रयोग | Function of OMRS

१। अनलाईन सदस्यता रजिष्ट्रेशन प्रणाली (OMRS) कसरी प्रयोग गर्ने हो ? 
How to operate OMRS?
  • प्र्रत्येक स्काउटर, एडभान्स, सहायक राष्ट्रिय प्रशिक्षक एवं राष्ट्रिय प्रशिक्षकहरुले इकाईलाई अनिवार्य रुपमा दर्ता/नवीकरण गर्न यस जानकारीमूलक भिडियो tutorial video वा निर्देशिका मार्फत तपाईहरुले दर्ता/नवीकरणका लागि निम्न मुख्य विषयहरुको जानकारी प्राप्त गर्नु सक्नुहुनेछ ।

१. दर्ता/नवीकरणको आधिकारिक वेभसाइट
२. स्काउट मास्टर रजिष्ट्रेशन
३. मास्टर Login (Online Portal)
४. स्काउटरको अधिकार पत्र
५. STEP 1: GROUP (SCOUT/INSTITUTE/OPEN)
६. STEP 2: MY SCOUTS
७. STEP 3: NEW UNIT REGISTRATION
६. STEP 4: RENEW UNIT REGISTRATION
८. STEP 5: PAYMENT METHOD of REGISTRATION FEE

२। OMRS प्रणालीमा म (मास्टर) रजिष्टर नभएको खण्डमा के हुन्छ?
What if I am not registered in OMRS system?
  • स्काउट मास्टरहरुले आफ्नो Master Login लिई ग्रूप तथा इकाई नगरको खण्डमा नेपाल स्काउटको आधिकारिक सदस्य मानिने छैन । साथै राष्ट्रिय, अन्तर्राष्ट्रिय कुनै पनि कार्यक्रमहरुमा सहभागी हुन, पुरस्कार, पदक र सम्मानका लागि योग्य हुने छैन ।
३। OMRS प्रणाली संचालन गर्न कसले गाईड गर्छ?
Who will guide you into the OMRS system?
  • स्काउट मास्टरलाई अनलाईन सदस्यता रजिष्ट्रेशन प्रणाली (OMRS) सम्बन्धि कुनै पनि जानकारी वा संचालनको लागि गाईड गर्नको लागि सम्बन्धित आफ्नो प्रदेश स्काउट कार्यालयमा सम्पर्क गर्न सकिनेछ । प्रदेश स्काउट कार्यालयमा कार्यरत कर्मचारी, TaskForce Members वा रा.प्र.का.को सदस्यता वृद्धि विभागमा सम्पर्क गर्न पनि सकिनेछ ।

————————————————————————————————————————————————–

अनलाईन सदस्यता शुल्क | Registration Fee Structure

१। अनलाईन सदस्यता शुल्कको संरचना कस्तो रहेकोछ?
What is the registration fee structure?
२। सदस्यता शुल्कको भुत्तानीको लागि कता जनुपर्नेछ?
Where should I go to pay my registration fee?
  • स्काउट मास्टरलाई अनलाईन सदस्यता रजिष्ट्रेशन प्रणाली (OMRS) मा युनिट दर्ता गरे पश्चात्त तोकिए बमोजिमको सदस्यता शुल्क आफ्नो Dashboard मा हेर्न सकिनेछ । उक्त Dashboard मा उल्लेख भए बमोजिमको शूल्क सम्बन्धित प्रदेश स्काउट कार्यालयको बैक खातामा deposit गरि upload गर्ने वा Esewa मार्फत अनलाईन भुत्तानी गर्न सकिनेछ ।

————————————————————————————————————————————————–

स्काउट मास्टरको भूमिका तथा साधारण तया सोधिने प्रश्नहरु | Role of Unit Leaders and general queries of Unit Leaders

१। स्काउट मास्टरको भूमिका के रहनेछ?
What is the role of individual Scout Master?
  • दर्ता/नवीकरणकोे पहिलो प्रक्रिया भनेको प्रत्येक स्काउट मास्टरले आप्mनो व्यक्तिगत विवरण अनलाइन दर्ता गराउनु हो । यसको उद्देश्य आफू स्वयम्को मात्र दर्ता नभई आफूले सञ्चालन गरिरहेको इकाई दर्ता गरि स्काउटहरुको दर्ता वा नवीकरणको लागि समेत ONLINE LOGIN-IN ACCESS प्राप्त गर्नु हो ।
२। के OMRS प्रणाली दर्ता नविकरण्को लागि अनिवार्य हो?
 Is this mandatory to be in OMRS?
  • हो । किनभने स्काउट तथा स्काउट मास्टरहरुले राष्ट्रिय, अन्तर्राष्ट्रिय कुनै पनि कार्यक्रमहरुमा सहभागी हुन, पुरस्कार, पदक र सम्मानका लागि योग्य हुनको लागि हो ।
३। म एडभान्स स्काउट मास्टर, राष्ट्रिय सहायक राष्ट्रिय प्रशिक्षक हुं । के म OMRS प्रणालीमा हुन जरुरी छ?
I am Advance Scout Leader/Wood Badge Holder, Trainer, Commissioner, Committee Member of Nepal Scouts. Do I have be in OMRS?
  • पर्दछ । प्रत्येक स्काउटर, एडभान्स, सहायक राष्ट्रिय प्रशिक्षक एवं राष्ट्रिय प्रशिक्षकहरुले Back to Troop सिद्धान्त अनुरुप अनिवार्य रुपमा इकाईमा दर्ता हुन OMRS प्रणाली हुन जरुरीछ ।
४। के टू्प दर्ताको लागि विद्यालय, संस्था वा आपन युनिट पुनः OMRS प्रणाली दर्ता मा जरुरी छ?
 Do I have to register the School/Institute/Organization/Open to open an existing Unit or new Unit again?
  • पर्दछ । दर्ता गर्ने प्रकृया यो Link मार्फत हर्न र गर्न सकिनेछ ।
५। एउटै ग्रूप (दलः विद्यालय, संस्था वा आपन युनिट) मा कति वटा सम्म युनिट (OMRS) दर्ता गर्न सकिन्छ?
 How many Units (Troop) can be registered in the same Group (School/Institute/Organization/Open Unit)?
  • दर्ता नविकरण निर्देशिका २०७८ तथा राष्ट्रिय युवा कार्यक्रम नीतिद्धारा निर्देष्टि ट्रूप संरचना अनुसार उक्त दलमा समावेश भएका स्काउटहरुलाई ट्रूप गठन गर्न कुनै पनि संख्याको सिमा रहेको छैन ।
६। ग्रूप (दल: विद्यालय, संस्था वा आपन युनिट) दर्ता गर्न के के कागजात र विवरण आवश्यक हुन्छ ?
 What information and documents has to be collected before registering Group (School/Institute/Organization/Open Unit)? 
  • ग्रूप दर्ता गर्दा निम्न विवरणहरु तयार गर्नु पर्दछ ।
  • विद्यालय वा संस्थाले स्वीकृती प्रदान गरि ५ सदस्यीय दल कमिटि गठन गरेको माइनेट ।
  • विद्यालय वा संस्थाको ठेगाना
। ग्रूप दर्ता भई स्काउट मास्टरले कारणबस ग्रूप (स्कूल) छोड्नु परेको र सो ग्रूपलाई नयाँ स्काउट मास्टरले सञ्चालन गर्नु परेमा online मा कसरी Group Transfer गर्ने होला ? 
  • यस्तो अवस्थामा पुरानो स्काउट मास्टरले नयाँ सञ्चालन गर्न आउनु भएका स्काउट मास्टरलाई Group Transfer गर्न सकिनेछ । OMRS को Dashboard मा गई Group Transfer click गरिका Group Transfer गर्ने हुन्छ । Click here to view method.
  • Group Transfer गर्दा नयाँ स्काउट मास्टरको विद्यालयबाट प्राप्त गरेको Letter of appointment upload गर्नु पर्ने हुन्छ । साथै नयाँ स्काउट मास्टर पनि छनोट गर्नु पर्ने हुन्छ र अन्तमा गर्नुहोला ।
८। युनिट (Troop) दर्ता गर्न के के कागजात र विवरण आवश्यक हुन्छ ?
 What information and documents has to be collected before registering Unit (Troop)? 
  • युनिट दर्ता गर्दा निम्न विवरणहरु तयार गर्नु पर्दछ ।
  • युनिट कमिटिले चालु आ.ब.को दर्ता नविकरण गर्न स्वीकृत गरेको माइनेट ।
  • पेट्रोल सदस्यहरुको विवरण (नाम, जन्म मिति, मोवाइल, ईमेल, बुवा र आमाको नाम, स्काउट दर्जा, प्राप्त व्याज, स्काउटमा सामेल भएको मिति र स्काउट पोशाकको पासपोर्ट साइज फोटो)
  • Unit Renew/Registration कसरि गर्न गर्ने (Download Manual)