Troop Sanchalan Bidhi

Troop Sanchalan Bidhi

नेपाल स्काउटको राष्ट्रिय वयस्क विकास नीति (National Adult Development Policy) तथा तालिम पद्धति अनुरुप तालिम प्राप्त स्काउट लिडरहरुले तोकिएको मापदण्ड पूरा गरी स्काउट दल सञ्चालन गर्न सक्नेछन् । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले नेपाल स्काउट ऐन, २०५० (संशोधन सहित) र नेपाल स्काउट नियमावली, २०७७ मा व्यवस्था भए बमोजिम स्काउट दल सञ्चालन गरी युवाहरुमा शारिरीक, बौ द्धिक, सामाजिक, संवेगात्मक तथा आध्यात्मिक विकास गर्न नेपाल स्काउटको युवा कार्यक्रम नीति (Youth Programme Policy) ले निर्दिष्ट गरेको बालबालिका तथा युवा कार्यक्रमहरुलाई स्काउट दलसभा मार्फत कार्यान्वयनमा ल्याई दक्ष, योग्य र सक्षम नागरिक निर्माणका लागि यस दल सञ्चालन विधि तयार गरी लागू गरेको छ ।