News

Nepal Contingent

24th World Scout Jamboree

24July, 2019

–किरण दत्त तेवारी

विश्व स्काउट ज्याम्बोरी संसारभरका किशोर–किशोरी अवस्थाका स्काउटहरुलाई लक्षित गरी विश्व स्काउट संगठनले तयार गरेको उत्सव हो । यो शैक्षिक उत्सवले युवा वर्गमा विश्वशान्ति, आपसी समझदारी र सद्भावना अभिवृद्धि गर्नुको साथै उनीहरुमा नेतृत्व विकास गर्ने क्षमता बढाउँछ र जीवनोपयोगी सीप सिक्ने अवसर पनि प्रदान गर्दछ । विभिन्न देशबाट जम्मा भएका स्काउटहरुले परस्पर मित्रमिलापका साथै आ–आफ्ना देशका रहनसहन, खानपान तथा संस्कृति आदान–प्रदान गर्ने सुअवसर प्राप्त गर्दछन् । नयाँ स्काउट संगठनको भेट तिनीहरुसँगको गहिरो मैत्री सम्बन्धले अविस्मरणीय अनुभव प्राप्त गर्ने अवसर स्काउटहरुलाई प्राप्त हुन्छ । विश्व सामाजिकीकरणका अवसरहरुको ज्ञान प्रदान गर्ने यो विश्व ज्याम्बोरी अति नैं फलदायी र रोचक कार्यक्रम हो । यो कार्यक्रम हरेक चार–चार वर्षमा हुने गर्दछ । २४औं विश्व स्काउट ज्याम्बोरी संचालन गर्ने अवसर यसपटक अमेरिकाले प्राप्त गरेको छ । विश्व ज्याम्बोरी आयोजना गर्ने अधिकार विश्व सम्मेलनमा हुने निर्वाचनले तय गर्दछ । यस पटकको ज्याम्बोरी संचालनमा क्यानडा र मेक्सिको समेत सहभागिता रहने शर्त तय भएको छ । १९६७ सालमा अमेरिकाले १२औं विश्व स्काउट ज्याम्बोरी संचालन गर्दा नेपालबाट पनि ४ जना स्काउटको सहभागिता रहेको थियो ।

ज्याम्बोरी स्थल र मिति

अमेरिकाको पश्चिमी भर्जिनिया स्थित स्काउट ट्रेनिङ्ग एण्ड एड्भेन्चर क्रियाकलाप गरिने रमणीय स्थलमा ज्याम्बोरी संचालन गरिने भएको छ । यो केन्द्र दक्षिणी फ्लोरिडाको समुन्द्री किनारा नजिक रहेको उपयुक्त स्थान रोजिएको छ । यो क्षेत्र ७० हजार हेक्टर जमिनमा फैलिएको हरियो जंगल सहितको पहाड एवं समथर जमिनको राष्ट्रिय पार्क हो । ज्याम्बोरी हुने मिति जुलाई २२ देखि अगष्ट २ सम्म तोकिएको छ । यसको लागि आवेदन २ वर्ष अघिदेखि मागिएको थियो ।

१४ वर्षदेखि १७ वर्षसम्मका युवा स्काउटहरुको लागि आयोजना भएको यो २४औं विश्व स्काउट ज्याम्बोरीमा स्काउट माष्टरहरुले समेत भाग लिंदैछन् । नेपाल स्काउट टोलीको नेतृत्व नेपाल स्काउटका तदर्थ समितिका संयोजक श्री लोक बहादुर भण्डारीज्यूले गर्नु भएकाे छ । नेपालबाट जाने टोलीमा ८ जना स्काउटरहरु पनि सम्मिलित छन् । ज्याम्बोरीमा स्यमंसेवक भई कार्य गर्ने अन्तर्राष्ट्रिय सर्भिस टिमले ज्याम्बोरीको स्टाफका रुपमा काम गर्नेछ । यस टिममा प्रायः अमेरिका, मेक्सिको र क्यानडाका स्काउटरहरु हुनेछन् ।

ज्याम्बोरीको नारा र सहमागिताको अवसर

नयाँ संसारको उजागर गरौं (Unlock a New World) भन्ने यसको नारा रहेको छ । यस उद्देश्य अनुसार नयाँ ठाउँ को अन्वेषण, नयाँ संस्कृतिको उजागर र नयाँ मित्रताको विकास गर्ने लक्ष्य रहेको छ । यो नारा तीन आयोजक देशका युवा स्काउटले तयार गरेका हुन् । ज्याम्बोरीमा संसारका विभिन्न देशबाट भाग लिन आउने स्काउटहरुले आ–आफ्ना खुबी देखाउन पाउनेछन र आ–आफ्ना देश समाजमा चलिआएको संस्कृति, भेषभूषा, रहनसहन र चालचलन मित्रमिलापका अवसरमा परिचय गराउने मौका पाउनेछन् ।

ज्याम्बोरीको देन

विभिन्न देश र समाजबाट ज्याम्बोरीमा भाग लिन भेलाभएका स्काउटहरुलाई आ–आफ्ना देशका बारेमा बताउने अवसर मिल्ने छ । उनीहरुले अरुका देशको बारेमा पनि थाहा पाउने छन् । विभिन्न स्काउट संस्थाले गर्ने विभिन्न क्रियाकलापको प्रर्दशनबाट ती देशका स्काउट क्रियाकलाप थाहा हुने छ । ज्याम्बोरीमा भेट भएका नयाँ साथी बीच भविष्यमा सहयात्रा, सद्भाव, सहभागित्व, मित्रमिलाप र नयाँ नयाँ विचारको आदान–प्रदान गर्ने सुअवसरको विकास हुने छ । यस प्रकार यो ज्याम्बोरीले विभिन्न देशका स्काउटलाई नजिक्याउने छ र परस्पर मिलेर काम गर्ने मार्ग प्रशस्त गर्ने छ । ज्याम्बोरीका समस्त सहभागीहरु यो सुन्दर संसारलाई अझ सुन्दर शान्त बनाउन हातेमालो गर्दै अगाडि बढ्न सकुन भन्ने कामना गर्दै नेपालबाट भाग लिन जाने सबै स्काउट स्काउटरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Participants from Nepal Scouts

VIEW photos:
20190723_JA_191603

24th World Scout Jamboree

 

VIEW THE JAMBOREE ACITIVITIES

Scouters Online Registration

9July, 2019

स्काउटरहरूकाे फाेटाे सहितकाे विवरण अनलाइन दर्ता गर्ने सम्बन्धी अत्यन्त जरूरी सूचना ।

यसै सूचना बमाेजिम हुने गरी स्काउटरहरूकाे फाेटाे सहितकाे विवरण अनलाइन दर्ता गर्न गराउन जिल्ला स्काउट कार्यालयहरूमा पत्राचार गरी सकिएकाे हुँदा साेही बमाेजिम आ-आफ्नो विवरण आफै दर्ता गराउन हुन सबै स्काउटरज्यूहरूमा अनुराेध गरिन्छ ।

START REGISTRATION 

इन्टरनेटकाे सहज पहुँचमा नरहेका स्काउटरहरूले जिल्ला स्काउट कार्यालयसँग सम्पर्क गरी आ-आफ्नो विवरण दर्ता गराउन सक्नु हुनेछ ।

Download

पुनश्चः 
फाेटाेहरू अपलाेड गर्दा बायजहरू देखिने गरी स्काउट पाेशाकमा पासपाेर्ट साइजकाे हाफ फाेटाे, सादा पृष्ठभूमि (Plain Background) भएकाे हुनुपर्नेछ । सेल्फी लिइएका फाेटाेहरू, अनुहार छड्के पर्ने गरी लिइएका वा अनुहार प्रष्ट नदेखिने फाेटाेहरू र अन्य पाेशाकमा लिइएका फाेटाेहरू मान्य हुने छैनन् ।

एकपटक विवरण भरी सके पछि फेरी दाेहाेर्याएर भर्ना आवश्यक छैन त्यसैले भर्नुअघि आफ्नाे विवरण सुनिश्चित गरी भर्नुहाेला । अष्पष्ट हुने, अपूराे हुने र दाेहाेराे विवरण नभरी दिनुहाेला । केही समस्या आइपरेमा रा.प्र.का. लैनचाैरमा सम्पर्क गर्नुहाेला ।

नेपाल स्काउटको प्रथम ऐतिहासिक रोभर मूटको तयारी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

19May, 2019

नेपाल स्काउटको आयोजनामा पोखरामा २०७६ जेठ १७ देखि २१ गतेसम्म हुन लागेको प्रथम ऐतिहासिक रोभर मूटको तयारी छलफल तथा अन्तरक्रिया बैठक सम्पन्न भएको छ । पोखराका स्थानीय सरोकारवालाहरुसँग भएको उक्त कार्यक्रममा माननीय प्रमुख स्काउट जगत बहादुर सुनार(विश्वकर्मा)ज्यूले युवा तथा खेलकुद मन्त्रालय एवं नेपाल स्काउटको पहिलो रोभर मूट ऐतिहासिक रुपमा यस सुन्दर नगरीमा हुन लागेकोमा पोखरावासीले गर्व गर्ने अवसर हुने बताउँदै यस अवसरलाई भव्यतापूर्वक सफल बनाउन साथ दिनका निम्ति आग्रह गर्नुभयो । (more…)

Freedom Kit Bag Movement

27January, 2019

According to a new UNICEF survey, the school dropout rate among adolescent girls is more than boys despite stipend support provided to girls in Nepal. The amplitude of reasons for dropping out of school is a mixture of factors, But the main reason is #menstruation among many others.

Scout Leader Nirmala Shrestha also a Messengers of Peace from Sindhupalchok District Scout taking a great initiation Called “Freedom Kit Bag Movement” to fight against the dropout of adolescent girls from the school.

With the help of Freedom Kit Bag organizations UK and Nepal Scouts She is providing training to young girls and women to make Sanitary Pad locally. Just in a few months, the movement is able to control the drop out rate by 50% in “Chautara Sangachok Gadi municipality” in Sindhupalchok district.

Let’s support the Freedom Kit Bag movement and Nirmala to reduce the dropout rate by 100% in all over Nepal.

First formal meeting

20January, 2019

नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको प्रथम औपचारिक बैठक सम्पन्न भएको छ । माननीय युवा तथा खेलकुद मन्त्री एवं प्रमुख स्काउट श्री जगत बहादुर सुनार(विश्वकर्मा)ज्यूको विशेष उपस्थिति र राष्ट्रिय संयोजक श्री लोकबहादुर भण्डारीज्यूको अध्यक्षतामा आज मिति २०७५ माघ ६ गते, आईतबार राष्ट्रिय प्रधान कार्यालय, लैनचौरमा सल्लाहकारज्यूहरु समेतको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

बैठकले दुरगामी महत्वका विभिन्न निर्णयहरु गरेको छ ।

बैठकपछि माननीय प्रमुख स्काउट सहितकाे मन्त्रालयकाे टाेलीले राष्ट्रिय प्रधान कार्यालय परिसरमा रहेका व्यवसायिक भवनहरूकाे अवस्थाकाे बारेमा निरिक्षण गरेकाे छ ।

The first formal meeting of the National Ad hoc Committee of Nepal Scouts has been held today at National Headquarters. The meeting chaired by National Coordinator Mr. Lok Bahadur Bhandari, in special presence of Hon. Chief Scout Mr. Jagat Bahadur Sunar(Bishwokarma) along with Secretary of Ministry of Youth & Sports did many long term decision in expansion and development of Nepal Scouts.

The Hon. Chief Scout and the delegation from the ministry also inspected the commercial buildings of Nepal Scouts premises at National Headquarters.

New Leadership in Nepal Scouts

7January, 2019

नेपाल स्काउटमा नयाँ राष्ट्रिय तदर्थ समिति गठन भएकाे छ । श्री लाेक बहादुर भण्डारीकाे संयाेजकत्वमा पाँच सदस्यीय राष्ट्रिय तदर्थ समितिकाे गठन गरिएकाे हाे । समितिका सदस्यहरूमा श्री शिवबहादुर भण्डारी(कास्की), श्री बिजेन्द्र ध्वजु(भक्तपुर), श्री इन्द्रभूषण अधिकारी(सर्लाही) र श्री सीमा कर्ण(धनुषा) हुनुहुन्छ । प्रमुख स्काउट एवं युवा तथा खेलकुद मन्त्री श्री जगत बहादुर सुनार(विश्वकर्मा)ज्यूले आज २०७५ पाैष २२ गते युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबारमा नवगठित समितिका संयाेजक श्री लाेक भण्डारीज्यूलाइ दीक्षा तथा शपथ ग्रहण गराउनु भयाे । समितिका सदस्यज्यूहरूलाई संयाेजक श्री लाेक बहादुर भण्डारीज्यूले दीक्षा दिनुभएकाे थियाे । (more…)

Prime Minister with Children

2January, 2019

बालबालिकासँग प्रधानमन्त्री” कार्यक्रम सम्पन्न ।

नेपाल स्काउटको आयोजनामा ”बालबालिकासँग प्रधानमन्त्री” ऐतिहासिक कार्यक्रम २०७५ पौष १७ गते, मंगलबार भव्यरूपमा सम्पन्न भएको छ । सम्माननीय प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षक केपी शर्मा ओलिज्यूको विशेष उपस्थितिमा स्काउट तथा विद्यार्थी बालबालिकाहरु माझ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सो ऐतिहासिक कार्यक्रम अभूतपूर्ब रूपमा सम्पन्न भएको हो । नेपाल स्काउटले आयोजना गरेको साे कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले बालबालिकाहरुको समसामयिक जिज्ञासाका साथै रोचक प्रश्नहरुको जवाफ दिनुभएको थियो । (more…)

नेपाल स्काउट सम्बद्ध नीतिगत व्यवस्थाका विषयमा छलफल सम्पन्न ।

7December, 2018

मिति २०७५ मंसिर २० गते, बिहिबार संघिय संसदकाे ”शिक्षा तथा स्वास्थ्य समिति” अन्तर्गत ”युवा तथा खेलकुद उपसमिति” का माननीय सांसदज्यूहरूसँग नेपाल स्काउटकाे नीतिगत व्यवस्था, नेपाल स्काउटकाे गतिविधी र भविष्यकाे कार्यदिशा सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएकाे छ । संसद सचिवालय सिंहदरबारमा नेपाल स्काउटका कार्यालय प्रमुख केशव वाेहरा र प्रशासकीय अधिकृत रविराज पाैडेल सहितकाे टाेलीले उपसमितिका संयाेजक मा. जीवनराम श्रेष्ठ लगायत उपसमितिका सदस्य सांसदज्यूहरूसँग अावश्यक छलफल गरेकाे हाे । (more…)

Leaders meet at MOYS

4December, 2018

युवा तथा खेलकुद मन्त्री एवं नेपाल स्काउटका प्रमुख स्काउट माननीय जगत बहादुर सुनार विश्वकर्माज्यूकाे अध्यक्षतामा नेपाल स्काउटसँग सम्बन्धित समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न गरिएकाे छ ।

२०७५ मंसिर १७ गते, साेमबार युवा तथा खेलकुद मन्त्रालयकाे सभाहलमा अायाेजित कार्यक्रममा नेपाल स्काउटकाे एेन परिमार्जन र भविष्यकाे कार्यदिशा सम्बन्धमा घनीभूत छलफल भएकाे थियाे । मन्त्रालयका सहसचिव अणप्रसाद न्याैपानेले कार्यक्रममा उपस्थित महानुभावहरूलाइ स्वागत गर्नुभएकाे थियाे ।

(more…)

Exchange Programme between NS and GSF

11November, 2018

Two days exchange programme was held between Nepal Scouts and Guides and Scouts of Finland. A group of 40 Finnish Scouts was welcomed by National STV (Stop the Violence) Committee of Nepal Scouts at National Headquarters on 11th November 2018. (more…)

STV ACTIVATE event Phase II conducted in Nepal

20August, 2018

With an aim to put violence to end, Stop the Violence ACTIVATE event was run by Nepal Scouts in partnership with the Guides and Scouts of Finland, Friends of Asia Pacific WAGGGS and World Association of Girls Guides and Girls Scout. Five days event was held at Kakani International Scout Centre, Nuwakot, Nepal. The event was held from 12th to 17th August 2018, with a total of 25 participants from 8 different districts. It included scout leaders and Rover/Rangers from Bhaktapur, Lalitpur, Nuwakot, Chitwan, Rasuwa, Makawanpur, Parsa and Gorkha districts. This event was planned by 15 members in planning team, where 13 facilitated the event. (more…)

3rd National Scout Jamboree

3rd National Scout Jamboree Concludes

11June, 2018

Nepal Scouts has concluded it’s 3rd National Scout Jamboree. The Jamboree was wrapped up on 4th June 2018 amid a huge gathering of Scouts at APF Nepal’s UN PTC, Kakani, Nuwakot.

(more…)

तेश्रो राष्ट्रिय स्काउट ज्याम्बोरी सम्पन्न

7June, 2018

Photo Courtesy: Sachin Karki

नेपाल स्काउटले आफ्नो तेश्रो राष्ट्रिय स्काउट ज्याम्बोरी सम्पन्न गरेको छ । ककनी अन्तर्राष्ट्रिय स्काउट केन्द्र, नुवाकोटमा आयोजित तेश्रो ज्याम्बोरीको यहि जेठ २१ गते समापन गरिएको हो । २०७५ जेठ १६ देखि २१ गतेसम्म सञ्चालित स्काउटहरुको महाकुम्भ ज्याम्बोरीमा देश विदेशका ५००० भन्दा बढी सहभागीहरुले भाग लिएका थिए । जेठ १७ गते सशष्त्र प्रहरी बलको UNPTC तालिम केन्द्रमा नेपाल स्काउटका संरक्षक समेत रहनुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले भव्य समारोहबीच कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । नेपाली सेनाको हेलिकप्टरमा समारोह स्थलमा पुग्नुभएका प्रधानमन्त्री ओलीले स्काउट केन्द्रमा ज्याम्बोरी स्तम्भको अनावरण गर्नुका साथै बालबालिकाहरुको साहसिक कार्यहरुको अवलोकन समेत गर्नुभएको थियो । समुद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपाल स्काउटको विकास, संवर्धन र विस्तारमा सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभएको थियो । शान्तिका दूतहरुको रुपमा रहेका स्काउटहरुको कार्यक्रममा शान्तिका प्रतीकका रुपमा रहेका परेवा उडाउने कार्य समेत प्रधानमन्त्रीले गर्नुभएको थियो । (more…)

National Disaster Management Meeting

5April, 2018

5th April 2018 Kathmandu, Mr. Chandan Kaushik – Coordinator, National Ad-Hoc Committee, Nepal Scouts attended the first meeting of National Disaster Management Committee in Ministry of Home Affairs, Singhdurbar, Kathmandu. The meeting was governed by Minister of Home Affairs and Minister of Federal Affairs and General Administration, where all the Government Secretaries, Chief of Army, Police, Red Cross also attended.

During the meeting, Ministers stressed to involve Nepal Scouts for the National Disaster Management.

Read More: Ministry of Home Affairs

जगत बहादुर सुनार (विश्वकर्मा)

3April, 2018

काठमाण्डौ, चैत्र २० । युवा तथा खेलकुद मन्त्री माननीय जगत बहादुर सुनारले स्काउट दीक्षा ग्रहण गर्नुभएको छ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय, लैनचौरमा मंगलबार आयोजित एक समारोहबीच मन्त्रीज्यूले नेपाल स्काउटको प्रमुख स्काउटको दीक्षा लिनुभएको हो । कार्यक्रममा विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुप स्काउट प्रतिज्ञा स्ववाचन गरी मन्त्रीज्यूले दीक्षा ग्रहण गर्नुभएको थियो । (more…)

Happy Founders Day

22February, 2018

22 February 2018, Nepal Scouts, National Headquarters’ organized a small gathering on the auspicious occasion of Founders Day/U-Fund Day and World Thinking Day. The program was made worthy by the presence of members of Ad-Hoc committee, WAGGGS representative Miss Prerana Shakya, a representative from Sindhupalchowk, senior scouters and official staffs. The program was commenced with remembering the contribution done by Lord Baden Powell and Lady Baden Powell. They were honored by putting the garland on their statute.

(more…)

20February, 2018

The patronage and sponsorship of His Highness Sheikh Dr. Sultan Bin Mohamed Al Qasimi, Supreme Council Member and Ruler of Sharjah, 8th International Scout Gathering have been taken place from February 1 to 10, 2018 in UAE. (more…)

Seventh CALT has officially kicked off

6February, 2018

4th February 2018, Seventh Course for Assistant Leaders Trainers’ has officially kicked off at the Kakani International Scout Centre (KISC) where 57 trainees from seven districts have participated. The course will last until 10 February.

(more…)

नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्रीज्यूद्धारा स्काउट दीक्षा ग्रहण

24January, 2018

नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्रीज्यूद्धारा स्काउट दीक्षा ग्रहण

नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक समारोहबीच स्काउट दीक्षा ग्रहण गर्नुभएको छ । कार्यक्रममा सम्माननीय प्रधानमन्त्री देउवाले विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुप स्काउट प्रतिज्ञा स्ववाचन गरी दीक्षा ग्रहण गर्नुभएको थियो ।

(more…)

Preparatory Course of YESS Girls Movement

8January, 2018

Kathmandu, 1/8/2018, Preparatory Course of Nepal Scouts’ YESS Girls Movement Project has officially kicked off in Nepal Scouts National Headquarters. The formal opening ceremony was administrated by Project Coordinator Ms. Shanti Kumari Maharjan, while the course will be held until 12th January 2018. (more…)

Senior Scouts Meet

31December, 2017

Kathmandu, December 25, It is coincident that on the auspicious day of Christmas a gathering of senior scouts was held on the chairmanship of Mr. Chandan Kaushik, newly appointed convened Coordinator of Ad-Hoc Committee.The main objective of the gathering is to promote peace and unity within the (more…)

4December, 2017

The Ad-hoc Committee which was formed dissolving the existing National Executive Committee as per the Minister’s level decision made on 22nd August 2017, has been restored after a latest Supreme Court orders on 26 November 2017. After the writ petition filed against the decision, (more…)

19November, 2017

Nepal Scouts’ delegates are in the series of “Prepared to Learn, Prepared to Lead” workshops on programme and training, organized by the Bharat Scouts and Guides (BSG) Headquarters, New Delhi, India. The workshop was started on 18 November 2017 and last until 22 November 2017. (more…)

Enhancing quality of adult leaders

8November, 2017

“Dream big and work hard to achieve it” are the inspiring words of Nepal Scouts Chief Commissioner Rabin Dahal for the participants of the 6th Course for Assistant Leader Trainers (CALT) at the Kakani International Training Centre (KITC). With the scenery of the Himalayas as its backdrop, this CALT is a breakthrough for Nepal Scouts – having been organized for the first time in 12 years. The last CALT was in 2005. (more…)