Online Membership Registration System (OMRS)Launched

Online Membership Registration System (OMRS)Launched

नेपाल स्काउटको सदस्यता दर्ता तथा नवीकरण प्रक्रिया अनलाइन माध्यमबाट सुचारु भएकोे उदघोष गर्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक श्री लोक बहादुर भण्डारीज्यूले देशका समस्त स्काउटरहरुमा दिनुभएको सन्देश दिनु भएकोछ ।

नेपाल स्काउटको सदस्य तथा निकायहरुको दर्ता तथा नवीकरण प्रक्रियालाई अनलाइन माध्यमबाट व्यवस्थित गर्न दर्ता/नवीकरण सम्बन्धी निर्देशिका २०७८ अनुसार अनलाइन सदस्यता दर्ता/नवीकरण प्रणाली तयार भएको हुँदा सोही बमोजिम सदस्यता दर्ता/नवीकरण गर्न गराउन हुन जानकारी गराइन्छ । परिमार्जित दर्ता/नवीकरण निर्देशिकाले निर्दिष्ट गरेको मापदण्ड बमोजिम दर्ता तथा नवीकरण अनलाइन माध्यमबाट नैं अनिवार्य रुपमा गर्न गराउन हुन सम्बन्धित सबै प्रदेश स्काउट कार्यालय, स्थानीय स्काउट कार्यालय, स्काउट इकाईहरुका साथै सबै स्काउट सदस्यहरुमा यो सूचना जारी गरिएको छ । 

 
👀द्रष्टव्य: 
👉१) दर्ता/नवीकरण निर्देशिका बमोजिम प्रदेश स्काउट कार्यालय र स्थानीय स्काउट कार्यालय समेतले आधिकारिकता स्थापित गर्न अनलाइन माध्यमबाटै तोकिएको दर्ता/नवीकरण प्रक्रिया पूरा गर्नुपर्नेछ ।
👉२) दर्ता/नवीकरणका लागि नेपाल स्काउटको आधिकारिक वेभसाइट www.nepalscouts.org को Membership Section मा मा गई सम्बन्धित स्काउट मास्टरले व्यक्तिगत दर्ता/नवीकरण गर्ने र आफू संलग्न समूह र इकाईको दर्ता/नवीकरण गर्नु गराउनु पर्नेछ । वेभसाइटको उचित प्रयोग गरी दर्ता/नवीकरण सहज बनाउन सहयोगी भिडियो (Tutorial Video) समेत तयार गरिएको हुँदा भिडियोबाट पनि सहयोग लिन सकिने छ ।
👉३) नेपाल स्काउटको दर्ता/नवीकरण सम्बन्धी परिमार्जित निर्देशिका तथा दर्ता/नवीकरण सम्बन्धी सहयोगी भिडियो (Tutorial Video) नेपाल स्काउटको वेबसाइटको निम्न लिंकबाट हेर्न सकिने छ ।
👉४) दर्ता/नवीकरण प्रक्रिया सम्बन्धि कुनै थप जानकारी वा समस्या आएको खण्डमा सम्बन्धित प्रदेश स्काउट कार्यालयमा सम्पर्क गर्न सकिने छ ।