Online Registration Manual

नेपाल स्काउटका इकाईहरु र स्काउट, स्काउटर, सहायक राष्ट्रिय प्रशिक्षक, राष्ट्रिय प्रशिक्षक एवं आयुक्त, पदाधिकारीहरु नेपाल स्काउटमा पहिलो पटक दर्ता र बार्षिक रुपमा नवीकरण हुँदै जानु पर्दछ । हरेक इकाईले नेपाल स्काउटको सदस्यता सम्बन्धी Online Portal मा आफ्नो इकाईका स्काउट सदस्यहरुलाई दर्ता गराई इकाई तथा ब्यक्तिगत स्काउट सदस्यता नम्बर प्राप्त गर्नु पर्दछ । साथै, प्रत्येक स्काउटर, सहायक राष्ट्रिय प्रशिक्षक एवं राष्ट्रिय प्रशिक्षकहरु इकाईमा अनिवार्य रुपमा दर्ता/नवीकरण हुनु पर्दछ ।

तसर्थ नेपाल स्काउटको सदस्य तथा निकायहरुको दर्ता तथा नवीकरण प्रक्रियालाई अनलाइन माध्यमबाट व्यवस्थित गर्न दर्ता/नवीकरण सम्बन्धी निर्देशिका २०७८ अनुसार अनलाइन सदस्यता दर्ता/नवीकरण प्रणाली तयार भएको छ ।

START ONLINE MEMBERSHIP REGISTRATION

ONLINE.NEPALSCOUTS.ORG/DASHBOARD
Launched Date: 3 June 2022

VIEW THE TUTORIAL VIDEO

यस जानकारीमूलक भिडियो tutorial video मार्फत तपाईहरुले दर्ता/नवीकरणका लागि निम्न मुख्य विषयहरुको जानकारी प्राप्त गर्नु हुनेछ ।

१. STEP 1: दर्ता/नवीकरणको आधिकारिक वेभसाइट
२. STEP 2: स्काउट मास्टर रजिष्ट्रेसन
३. STEP 3: मास्टर Login (Online Portal)
४. STEP 4: स्काउटरको अधिकार पत्र
५. STEP 5: इकाई सञ्चालन अनुमति निवेदन
६. STEP 6: इकाई दर्ता/नवीकरण
-> (Download Manual)