[:en]बालबालिकासँग प्रधानमन्त्री कार्यक्रम २०७६ सम्पन्न[:]

[:en]बालबालिकासँग प्रधानमन्त्री कार्यक्रम २०७६ सम्पन्न[:]

[:en]नेपाल स्काउटको आयोजनामा सम्माननीय प्रधानमन्त्री एवम् नेपाल स्काउटका संरक्षक श्री के. पी. शर्मा ओलीज्यू र बालबालिकाहरुबीचको प्रत्यक्ष साक्षात्कार “प्रधानमन्त्रीसँग बालबालिका कार्यक्रम २०७६” पौष १६ गते बुधबार भब्य रुपमा सु–सम्पन्न भएको छ । धर्मपत्नी राधिका शाक्य सहित सो कार्यक्रममा पाल्नु भएका प्रधानमन्त्रीज्यूलाई प्रमुख स्काउट एवम् युवा तथा खेलकुद मन्त्री श्री जगत बहादुर सुनार विश्वकर्माले पुष्प गुच्छासहित स्वागत गर्नु भएको थियो । सोहि अवसरमा, प्रधानमन्त्री एवं नेपाल स्काउटका संरक्षकले नेपाल स्काउटको बार्षिक प्रतिवेदन समेत सार्बजनिक गर्नुभएको थियो ।

कार्यक्रममा प्रधानमन्त्रीज्यूलाई नेपाल स्काउटको तर्फबाट माननीय प्रमुख स्काउटज्यूले मायाको चिनो उपहार प्रदान गर्नु भएको थियो । प्रधानमन्त्रीज्यूले उपस्थित स्काउट तथा बिद्यार्थी बालबालिकाहरुलाई डायरी तथा कलम, प्रमाणपत्र तथा स्कार्फ उपहार प्रदान गर्नु भएको थियो ।

काठमाडौ उपत्यकाका बिभिन्न बिद्यालयबाट गरी १००० जना भन्दा बढी स्काउट तथा बिद्यार्थी बालबालिकाहरुको उपस्थिती रहेको सो कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले बालबालिकाहरुको समसामयिक जिज्ञासा एवम् रोचक प्रश्नहरुको जवाफ दिनु भएको थियो ।

प्रधानमन्त्रीज्यू बाल्यकालमा कस्तो हुनु हुन्थ्यो भन्ने बालबालिकाहरुको जिज्ञासाको उत्तरमा प्रधानमन्त्रीज्यूले आँफु बाल्यकालमा औषत युवा रहेको र पढ्नमा भन्दा खेल्नमा धेरै रुची राख्ने स्वभावको थिएँ भन्नु भयो ।

हामी जस्तै सानो हुँदा कुनै दिन देशको प्रधानमन्त्री बन्छु भन्ने सपना देख्नु भएको थियो भन्ने बालबालिकाको प्रश्नको उत्तरमा प्रधानमन्त्रीज्यूले, समाजमा देखिएका बिकृति, विसँगती, पछौटेपन एवम् सामाजिक विभेदको अन्त्य गर्दै सकारात्मक परिवर्तनका लागि आँफु राजनीतिमा लागेको बताउँदै त्यतिबेला आँफुले ब्यक्तिगत नभई आधुनिक, बिकसित, समृद्घ अनि लोकतान्त्रिक नेपालको मात्र सपना देखेको बताउनु भयो ।

प्रधानमन्त्रीका नाताले हामी जस्ता बालबालिकालाई के सल्लाह दिनु हुन्छ भन्ने प्रश्नको उत्तरमा प्रधानमन्त्रीज्यूले, कुनै पनि नयाँ काम गर्न उर्जा चाहिन्छ भन्नु भयो । युवा अवस्था नै जीवनको सबैभन्दा उर्जाशिल समय हो, यस उमेरमा ऊ कम सम्झौतावादी पनि हुन्छ भन्नु भयो । अलेक्जेण्डर द ग्रेट ३१ बर्षको हुँदा दुनियाँ हल्लाएका थिए । ३१ बर्षको उमेरमै बितेका मोतीराम भट्टलाई उनका कृतिका कारण आज पनि हामी सम्झिरहेछौँ । माक्र्स र एँगेल्सले क्रमशः २७ र २९ बर्षको उमेरमा लेखेका कम्युनिस्ट घोषणापत्रले आज पनि विश्व तरङ्गित छ । आजको विश्व उनीहरुको कृतिको समीक्षा गरिरहेछ, कृतिको पक्ष बिपक्षमा उभिएको छ भन्दै, मानिसले समयलाई चिनेर महत्वपूर्ण कामहरु युवा अवस्थामैँ गर्नु पर्छ भन्नु भयो । राज्यले पनि बालबालिकाहरुको समग्र बिकासका लागि पूर्वाधार बिकासमा जोड दिनु पर्ने बताउँनु भयो । साथै, उनीहरुको रुची पहिचान गरी प्रतिभा बिकासका लागि उपयुक्त अवसरको सिर्जना गर्दै उनीहरुलाई समग्र समाज र राष्ट्रको हितका लागि अभिप्रेरित गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।

हरेक प्रश्नको उत्तर सहज र सरल रुपमा दिन सक्ने हजुरको जस्तो क्षमता बिकास गर्न के गर्नु पर्छ भन्ने बिद्यार्थीको जिज्ञासामा प्रधानमन्त्रीज्यूले, मानिसले बिषयगत दक्षता हाँसिल गर्नुका साथै ज्ञानको दायरालाई फराकिलो बनाउँदै लैजानुपर्छ भन्ने कुरामा जोड दिनु भएको थियो । यसका अतिरित्त मानिसले आँफु र समाज हितका लागि आबश्यक ज्ञान हाँसिल गर्नु पर्छ भन्नु भयो । उहाँले सिकाई जीवनको एक निरन्तर प्रकृया हो भन्ने धारणा पनि ब्यक्त गर्नु भएको थियो ।

बिद्यार्थीहरु राजनीतिमा लाग्नु हुन्छ वा हुदैन भन्ने बालबालिकाहरुको ज्ञिजासामा प्रधानमन्त्रीज्यूले, राजनीति नै सबै नीतिहरुको मुल नीति हो र यसले नै देश बिकासको मार्ग चित्र कोर्ने हुँदा बिद्यार्थीहरुले राजनीतिको समग्र जान चाहिँ राख्नु पर्छ भन्नु भयो । साथै, भोली देशलाई डो¥याउने, सम्हाल्ने नै आजका बिद्यार्थीहरु हुनाले उनीहरुले पढाई सकिएपछि आफ्नो रुचीको क्षेत्र रोज्नु पर्छ भन्ने धारणा राख्नु भयो ।

नेपाली विश्वविद्यालयहरु बिदेशीहरुका लागि दक्ष जनशक्ति उत्पादन गर्ने कारखाना भएको आजको परिप्रेक्ष्यमा यो परिस्थितिलाई निरुत्साहित गर्न हजुरको पहल के हुनेछ भन्ने बिद्यार्थीहरुको जिज्ञासामा प्रधानमन्त्रीज्यूले, देशमैँ रोजगारीको शिर्जना गर्ने ब्यवसायिक शिक्षामा जोड दिने नीति सरकारको र ब्यक्तिगत रुपमा आफ्नो पनि रहेको धारणा ब्यक्त गर्नु भयो ।

[:]