मध्यपुर ठिमि नगरपालिका स्थानीय स्काउटका संरक्षक र प्रमुख स्काउटको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह
May 31, 2022

मध्यपुर ठिमि नगरपालिका, भक्तपुरका स्थानीय स्काउटका संरक्षक र प्रमुख स्काउटको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह आज सम्पन्न भएको छ । नवनिर्वाचित पालिकाका प्रमुख र उपप्रमुखलाई नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले स्काउट दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको हो ।
समारोहमा आफ्नो मन्तव्य राख्दै मध्यपुर ठिमि नगरपालिका स्थानीय स्काउटका संरक्षक, नगरप्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुर ठिमिमा स्काउटको योगदान सदैव अतुलनीय रहेको र आउदा दिनमा स्काउटसँग नगरपालिकाले स्काउटसँग सहकार्य गर्दै समृद्धिको बाटोमा अग्रसर हुने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीले स्काउटिंग शिक्षाको माध्यामबाट मात्र असल समाजको निर्माण सम्भव भएकाले यसको विकास र विस्तारमा लाग्न नगर प्रमुख उपप्रमुख र स्थानीय स्काउटलाई अनुरोध गर्नुभयो। कार्यक्रममा मध्यपुर ठिमि नगरपालिका उपप्रमुख एवं स्थानीय स्काउटका प्रमुख स्काउट बिजयकृष्ण श्रेष्ठले अब मध्यपुर ठिमिको हरेक बिध्यालयमा स्काउट बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई, बागमती प्रदेशका संयोजक शिवराम अर्याल, राष्ट्रिय प्रशिक्षक रामगोपाल कर्मचार्य, अच्युत प्रजापति, निवर्तमान प्रदेश संयोजक केशरत्न बज्राचार्य, स्थानीय स्काउट संयोजक तुलसीहरी प्रजापति लगायतको उपस्थिति रहेको थियो ।