[:en]नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्रीज्यूद्धारा स्काउट दीक्षा ग्रहण[:]

[:en]नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्रीज्यूद्धारा स्काउट दीक्षा ग्रहण[:]

नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्रीज्यूद्धारा स्काउट दीक्षा ग्रहण

नेपाल स्काउटका संरक्षक सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक समारोहबीच स्काउट दीक्षा ग्रहण गर्नुभएको छ । कार्यक्रममा सम्माननीय प्रधानमन्त्री देउवाले विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुप स्काउट प्रतिज्ञा स्ववाचन गरी दीक्षा ग्रहण गर्नुभएको थियो ।

दीक्षा ग्रहण पछि प्रधानमन्त्री देउवाले स्काउटले एक स्वयंसेवी संस्थाको रुपमा असल कार्य गरी रहेको बताउनुभयो । स्काउटले निस्वार्थ काम गरेकोमा प्रशंशा गर्दै प्रधानमन्त्रीले भन्नुभयो “यस संस्थाको विकास भएमा युवाहरुको सर्वाङ्गीण विकासमा महत्वपूर्ण हुनेछ र दशलाख स्वयंसेवी परिचालन गर्न सरकारले लिएको लक्ष्य सजिलै पूरा हुनेछ” ।

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयका कार्यालय प्रमुख श्री केशव बहादुर बोहराद्धारा सञ्चालित सो दीक्षा ग्रहण कार्यक्रममा नेपाल स्काउटका प्रमुख स्काउट एवं माननीय युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के.सी., माननीय युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव श्री महेश दाहाल, राष्ट्रिय संयोजक श्री चन्दन कौशिक, तदर्थ समितिका सदस्यहरु, सल्लाहकार डा. रविन्द्र प्रसाद पाण्डे, पूर्व प्रमुख आयुक्त श्री श्रीराम लामिछाने सहित वरिष्ठ स्काउटर प्रा. गोविन्द नारायण ज्या–पू र राष्ट्रिय प्रधान कार्यालयका कर्मचारीहरु उपस्थित रहनुभएको थियो ।

नेपाल स्काउट ऐन, २०५० बमोजिम नेपाल स्काउटको संरक्षकको रुपमा सम्माननीय प्रधानमन्त्री रहने व्यवस्था छ भने प्रमुख स्काउटको रुपमा माननीय युवा तथा खेलकुद मन्त्री रहने व्यवस्था छ ।